काठमाडौं किंग्स ११ को गोल्ड पार्टनरको रुपमा शिवशक्ति ग्रुप 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२८
  • |
  • 1063 पटक हेरिएको

असोजमा आयोजना हुने बजाज पल्सर एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्ने काठमाडौं किंग्स ११ लाई शिबशक्ति ग्रुपको फेमिली आयल र युर्जा राइसले ‘गोल्ड पार्नर’ को रुपमा सम्झौता गरेको छ । 

“नेपालको खेलकुद क्षेत्र अझै उच्च मुकाममा पुग्न बाँकी छ । हामीले नेपाली टिमलाई विश्व मञ्चमा उत्कृष्ट प्रदर्शन गरेको देखिरहेका छौं । एक अग्रणी व्यापारिक ग्रुप भएको नाताले कर्पोरेट उत्तरदायित्वको महत्व बुझेर हामीले नेपालीक्रिकेटरहरुको प्रतिभामानिखार ल्याउन मद्दत गर्ने नेपालकै उत्कृष्ट लिगमालगानी गरेका हौं,” । शिवशक्ति ग्रुपका निर्देशक सन्दिप अग्रवालले भने ।

त्यसैगरी, काठमाडौं किंग्स ११ को माउ संस्था टेलि होल्डिङ्सका अध्यक्ष संजय अग्रवालले यो साथले टिमलाई अझै हौसला बृद्धि हुने बताए ।

यसपालिको ईपीएलमा काठमाडौं किंग्स ११ बाट पाकिस्तान राष्ट्रिय टोलीका पूर्व कप्तान शाहिद अफ्रिदी, नेपालका स्टार लेग स्पिनर सन्दिप लामिछाने, सुबास खकुरेल, शेर मल्ल लगाएतका खेलाडीहरु छन् । काठमाडौंको कप्तानी सन्दिपले गर्ने छन् । ईपीएल सेप्टेमबर २५ देखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा शुरुहुँदै छ ।  

शिवशक्तिग्रुप नेपालीबजारमा एक अग्रणी उपभोक्ता उत्पादन निर्माता हो जसको व्यवसायमाअल्मुनियम, प्लास्टिक फेब्रिक, प्याकेजिङ, लुगाधुने साबुन, कृषिजन्यउत्पादनहरु (जस्तै, चामल, तोरीको तेल, भटमासको तेल, सन्फ्लावरको तेल, दाल र अरु खाद्य तेल) पर्दछन् । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey