Mega Bank

एसियन कप छनाेटका लागि नेपाली महिला टिमकाे बिदाई

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२८
  • |
  • 134 पटक हेरिएको

हाइलाइट्स

  • नेपाली टिममा यसपटक डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमणमा हुने छैनन् । उनकाे मुटुमा समस्या रहेका कारण टिममा परेपनि अन्तिम समयमा बाहिर भएकी छिन । 

उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कपकाे छनाेटमा जाने नेपाली महिला फुटबल टिमकाे बिदाई गरिएकाे छ । 

एन्फाले खेलाडीकाे एक कार्यक्रमका बिच बिदाई गरेकाे हाे । नेपाली टिम आज राति ११ बजे उज्वेकिस्तान जानेछ । 

नेपाली टिममा यसपटक डिफेन्डर पुनम जर्गा मगरले उज्वेकिस्तानको भ्रमणमा हुने छैनन् । उनकाे मुटुमा समस्या रहेका कारण टिममा परेपनि अन्तिम समयमा बाहिर भएकी छिन । 

समूह 'एफ' मा रहेको नेपालको समूहमा फिलिपिन्स र हङकङ छन । जसमा नेपालले फिलिपिन्ससँगकाे खेलबाट प्रतियाेगिता सुरु गर्नेछ । त्याे खेल सेप्टेम्बर १८ मा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा सेप्टेम्बर २१ माहङकङको सामना गर्नेछ । 

यस समूहको फिलिपिन्स र हङकङबीचको खेल सेप्टेम्बर २४ मा हुनेछ । याे प्रतियाेगितामा आफ्नाे समुहकाे शीर्ष स्थानमा रहने टिमले अर्को वर्ष भारतमा हुने एसियन कप खेल्नेछ ।

एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुनेछ ।

नेपाली टिम :

अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु, सिर्जना सिंहऽ अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना

भर्खरै

Advertisement