Mega Bank

हिमालयन बैंकद्वारा शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई सहयोग

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२८
  • |
  • 119 पटक हेरिएको

हिमालयन बैंक लिमिटेडले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व पुरा गर्ने उद्देश्यले बाँसवारी, काठमाण्डौ स्थित ‘शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र’ लाई आर्थिक सहयोग प्रदान गरेको छ ।

बैंकले सो अस्पतालमा सेवा लिन आउने सेवाग्राहीहरुका लागि वार्डहरु मर्मत–सम्हार गरी उचित सेवा प्रदान गर्न छ लाख बयानब्बे हजार  नौ सय बैसाठ्ठी बराबरको आर्थिक सहयोग प्रदान गरेको हो ।

अस्पतालमा भएको उक्त वार्ड जिर्ण भएकोले सेवाग्राही तथा चिकित्सकहरुका लागि समेत समस्या परेकोले बैंकले उक्त वार्ड मर्मत संहार गरी हस्तान्तरण गरेको हो । 

बैंकका तर्फबाट महाप्रबन्धक सुशील जोशी र महाराजगंज शाखा प्रबन्धक अभय बहादुर शाहले अस्पतालका कार्यकारी निर्देशक डा. चन्द्रमणि आधिकारीको उपस्थितिमा उक्त वार्डको समुद्घाटन गरिएको थियो ।

सो समारोहमा बैंक तथा अस्पतालका अन्य कर्मचारीहरुको पनि उपस्थिति रहेका थियो ।

भर्खरै

Advertisement