Mega Bank

विश्वकप आयोजना हुने मैदानमा जाभीको टिमले खेल्ने 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०५-२८
  • |
  • 689 पटक हेरिएको

कतारले विश्वकप २०२२ का लागि निर्माण गरिएको छैटौं रंगशाला ( अल थुमामा स्टेडियम) को उद्घाटन गर्दैछ । 

कतारले विश्वकप २०२२ का लागि आठ वटा रंगशाला बनाउने घोषणा गरेकोमा ६ रंगशाला तयार भइसकेका छन् भने २ वटा निर्माणको क्रममा रहेको छ । 

४०  हजार दर्शक क्षमताको अल थुमामा स्टेडियम अक्टोबर २२ मा हुने एमिर कपको फाइनलका लागि खुल्ने भएको छ । 

एमिर कपको फाइनलमा जाभी हर्नान्डेज प्रशिक्षक रहेको क्लब अल सद् र अल् रेयनले उपाधिको लागि उक्त मैदानमा प्रतिश्पर्धा  गर्दैछ । 

विश्वकपका लागि रस अबु अबोद र लुसेल स्टेडियम निर्माणको क्रममा रहेको छ । यी दुई मैदानमा विश्वकप फाइनलका खेलहरु हुनेछन् । 

नवनिर्मित खलिफा, अल जानुब, एजुकेसन सिटी, अहमद बिन र अल बायट स्टेडियम भने पुर्ण रुपमा तयार भएका छन् । 

 

भर्खरै

Advertisement