Mega Bank

बंगलादेश र नेपालबीचको खेल गोलरहित बराबरीमा सकियो

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२७
  • |
  • 203 पटक हेरिएको

हाइलाइट्स

  • पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध २-१ को जित निकालेको थियो । पाएको मौकालाई दुबै टिमका खेलाडीले सदुपयोग गर्न सक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

बंगलादेशसंगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय महिला टिमले गोलरहित बराबरी खेलेको छ ।

आसन्न एएफसी महिला एशियन कपको छनोटको तयारीमा रहेको नेपाली महिला टिमले घरेलु मैदानमा खेलिएको दोस्रो खेलमा बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।

पहिलो खेलमा नेपालले बंगलादेशविरुद्ध २-१ को जित निकालेको थियो । पाएको मौकालाई दुबै टिमका खेलाडीले सदुपयोग गर्न सक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।

पहिलो हाफमा दुबै टिमले आक्रमक प्रदर्शन गरेको थियो । पहिलो खेलको तुलनामा आजको खेलमा बंगलादेशी टिमले सुधारिएको प्रदर्शन गरेको थियो ।

दोस्रो हाफको ६४ औं मिनेटमा बंगलादेशकि मोस्साम्मत शोपनाको रनिङ बललाई नेपालकि पुजा रानाले ट्याकलमार्फत उत्कृष्ट बचाउ गरेकी थिइन् । खेलको ६६ औं मिनेटमा बंगलादेशकी कप्तान सबिना खातुनको फ्री किक प्रहारलाई नेपाली गोलकिपर अञ्जना राना मगरले बचाइन् ।

No description available.

त्यस्तै खेलको ८४ औं मिनेटमा नेपालले मौका पाएको थियो तर बंगलादेशी डिफेन्डर ट्याकलमार्फत बल क्लियर गर्न सफल भएका थिए । खेलको अन्तिम मिनेटमा पृती राईले गरेको प्रहारलाई बंगलादेशकि गोलकिपर रुपना चक्माले बचाएकि थिइन् ।

नेपाल बाङ्लादेशबिचको दोस्रो खेलमा नेपालकी गिता राना माेस्ट भ्यालुएबल खेलाडी चुनिइन् ।

No description available.

उज्वेकिस्तानमा हुने छनोटको समुह "एफ" मा नेपालसहित फिलिपिन्स र हङकङ रहेका छन् । नेपालले सेप्टेम्बर १८ मा फिलिपिन्सविरुद्धको खेलबाट एशियन कप छनोटको यात्रा सुरु गर्नेछ । त्यसपछि सेप्टेम्बर २१ मा हङकङसँग खेल्नेछ । नेपाली खेलाडी बल अघि बढाउँदै

No description available.

भर्खरै

Advertisement