Mega Bank

खेल पत्रकार दाहाल र नेपाल सम्मानित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२७
  • |
  • 134 पटक हेरिएको

नेपाल खेलकुद पत्रकार मञ्चको २६ औं स्थापना दिवसका अबसरमा अग्रज खेल पत्रकारिता सम्मानबाट मुकुन्द दाहाल र सुमन भोम्जन युवा खेल पत्रकारिता पुरस्कारबाट गोविन्दराज नेपाल पुरस्कृत भएका छन् ।

खेल पत्रकारिता सम्मान स्वरुप दाहालले २५ हजार रुपैया प्राप्त गर्दा युवा पत्रकारले ५० हजार बराबरको ल्यापटप प्राप्त गरेका छन् । 

मञ्चले हरेक वर्ष स्थापना दिवसका दिन अग्रज पत्रकारलाई सम्मान र युवा पत्रकारलाई पुरस्कृत गर्दे आएको छ । 
सम्मानित व्यक्तित्वलाई नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद राखेपका सदस्य सचिव रमेशकुमार सिलवाल, नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरी र एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी देबेन्द्रले सम्मान गरेका थिए ।  

सो अवसरमा सम्मानित अग्रज पत्रकार दाहालले स्थापना कालमा गरेको संघर्षको सम्झना गर्दे युवा पुस्ताले सम्मान गरेकोमा खुशी ब्यक्त गरे । सुमन भोम्जन स्मृति युवा पत्रकारिता पुरस्कारबाट सम्मानित नेपालले पुरस्कारले पत्रकारिता यात्रा अगाडि वढाउन हौसला मिलेको बताए । 

उक्त अवसरमा प्रमुख अतिथी एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले खेलकुद पत्रकारिताको विकासमा मञ्चको भुमिकाको प्रशंसा गर्नुहु्रदै संस्थाले पत्रकारिता क्षेत्रमा अझ प्रगती गर्दे जान शुभकामना ब्यक्त गरे । 
राखेप सदस्य सचिव रमेशकुमार सिलवालले स्थापना दिवसका अवसरमा अनुज र अग्रजलाई सम्मान गर्ने परम्परा राम्रो रहेको बताए ।

No description available.

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले एनएसजेएफ एकेडेमीको माध्यमबाट खेलकुद पत्रकारको क्षमता अभिवृद्धि गर्ने कार्यलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

त्यस्तै राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दिपक थापाले नेपालको खेलकुद क्षेत्रमा एनएसजेएफको योगदान उल्लेखनिय रहेको बताए । 

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले नेपाल खेलकुद पत्रकार मञ्च महासंघको सक्रिय एसोसियट सदस्यको रुपमा रहेको भन्दै प्रशंसा गरे ।

एनएसजेएफका अध्यक्ष दुर्गानाथ सुबेदी देबेन्द्रले खेलकुद पत्रकारिताको अभियानलाई सक्रिय राख्ने सन्दर्भमा मञ्चले सधै नेतृत्वदायी भुमिका खेल्ने विश्वास दिलाउनुभयो । 

नेपाल खेलकुद पत्रकार मञ्चले भदौ २७ गतेलाई स्थापना दिवसका रुपमा मनाउँदै आएको छ । २०५२ सालमा नेपाल खेलकुद पत्रकार मञ्चको विधिवत रुपमा स्थापना भएको थियो ।  

भर्खरै

Advertisement