Mega Bank

सन्दिपले एकदिवसिय क्रिकेटमा कम खेलमा ५० विकेट पुरा गर्ने कीर्तिमान बनाउन सक्लान ?

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 900 पटक हेरिएको

हाइलाइट्स

  • सन्दिपका लागि एकदिवसिय क्रिकेटमा अर्को कीर्तिमान बनाउने सुनौलो मौका पनि रहेको छ । त्यो हो एकदिवसिय क्रिकेटमा कम खेलमा ५० विकेट पुरा गर्ने ।

नेपाली क्रिकेटर सन्दिप लामिछानेको करियरकै उत्कृष्ट बलिङका कारण नेपालले पीएनजीविरुद्धको दोस्रो खेलमा एक सय ५१ रनको भारती अन्तरको जित निकाल्यो । सो खेलमा सन्दिपले ५ ओभर एक बल गर्दा मात्र ११ रन दिएर ६ विकेट लिए ।

एकदिवसिय क्रिकेटमा उनको यो अहिलेसम्म कै उत्कृष्ट बलिङ हो । यसका साथै उनले पीएनजीविरुद्धको दुई खेलमा १० विकेट लिन सफल भए । दुबै खेलमा म्यान अफ दी म्याच बनेका सन्दिप लगातार तीन खेलमा उत्कृष्ट खेलाडी बन्ने पहिलो नेपाली क्रिकेटर बने भने विश्वमा तेस्रो ।

अब आइसीसी विश्व क्रिकेट लिग अन्तर्गत अमेरीकाविरुद्धको खेलमा पनि यदि उनी म्यान अफ दी म्याच बनेको खण्डमा उनले भारतीय पूर्व कप्तान सौरभ गांगुलीसँग बराबरी गर्नेछन । 

यतिमात्र होइन, सन्दिपका लागि एकदिवसिय क्रिकेटमा अर्को कीर्तिमान बनाउने सुनौलो मौका पनि रहेको छ । त्यो हो एकदिवसिय क्रिकेटमा कम खेलमा ५० विकेट पुरा गर्ने ।

सन्दिपले अहिलेसम्म १२ खेल खेल्दा ३३ विकेट लिइसकेका छन । यदि आइसीसी विश्वकप क्रिकेट लिग टु का चार खेलमा उनले १७ विकेट लिन सकेको खण्डमा उनले यो कीर्तिमान बनाउनेछन । जुन उनले १६ खेलमा हात पार्नेछन । 

ओमानको पिचमा सन्दिपको बलिङ त्यो पनि बलियो प्रतिद्धन्द्धी विरुद्ध कतिको चल्छ त्यो आफैमा प्रश्न हो । तर पीएनजीविरुद्धका दुई खेलमा जुन किसिमको प्रदर्शन उनले गरे । त्यो हेर्दा उनको प्रदर्शन राम्रो हुनसक्ने आंकलन गर्न सकिन्छ ।

विश्व क्रिकेटमा कम खेलमा ५० विकेट पुरा गर्ने कीर्तिमान श्रीलंकन खेलाडी अजन्था मेन्डिसको नाममा रहेको छ । उनले १९ खेलमा सो रकेर्ड बनाएका थिए । जसका लागि उनले दुई सय ७७ दिन लगाएका थिए । त्यो भन्दा अगाडी भारतीय पूर्व क्रिकेटर अजित अगरकरको नाममा थियो  उनले एक सय ८२ दिनमा ५० विकेट पुरा गरेका थिए । 

सन्दिपले पीएनजीविरुद्ध ६ विकेट लिएकाे बलिङ

अगरकर भन्दा अगाडी न्युजिल्याण्डका मिचेल म्याक्लागेनले पनि २३ खेलमा ५० विकेट पुरा गरेका थिए । यसकालागि उनले एक बर्ष दुई सय ७८ दिन लगाएका थिए । 

एकदिवसिय क्रिकेटमा ५० विकेट कम खेलमा पुरा गर्ने अरु खेलाडीमा अष्ट्रेलियाका डेनीस लिलीले, पाकिस्तानका हसन अली, भारतका कुलदिप यादवले २४ खेलमा पुरा गरेका छन । 

यस्तै शेन वार्न, न्युजिल्याण्डका मेट हेनर, आयरल्याण्डका म्याक्राथे, पाकिस्तानका साहिन अफ्रिदीले २५ खेलमा पुरा गरेका थिए । 

यो रेकर्डलाई तोड्नका लागि सन्दिपलाई अझै ६ खेल बाँकी रहेको छ । जसमा चार खेल आसन्न त्रिकोणात्मक सिरिजमा खेल्नेछन भने बाँकी अर्को सिरिजमा । 

सन्दिपकाे प्रतिकृया

तर अहिलेको लयलाई कायम राखेको खण्डमा सन्दिपले एकदिवसिय क्रिकेटमा नयाँ इतिहास बनाउनेछन । सन्दिपले अहिलेसम्म १२ खेलमा  ६ सय २६ बल गरेका छन । जसमा उनले चार सय २१ रन खर्चिएका छन । १२.७५ को एभरेज रहेको सन्दिपको इकोनोमी ४.०३ को रहेको छ । जसमा उनले तीन पटक एकै पारिमा चार विकेट लिएका छन भने दुई पटक ५ वा त्यो भन्दा बढि विकेट लिएका छन । 

राेहितकाे करियरकै उत्कृष्ट पारी

राेहित र मल्लकाे साझेदारी

 

भर्खरै

Advertisement