Mega Bank

भारतीय पूर्व कप्तान गांगुलीको रेकर्डलाई बराबरी गर्न एक कदम नजिक सन्दीप

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 4419 पटक हेरिएको

हाइलाइट्स

  • गांगुलीले सन् १९९७ मा क्यानडाको टोरन्टमा पाकिस्तानको विरोधमा लगातार चार खेलमा म्यान अफ दी म्याच बनेका थिए । 

नेपाली क्रिकेट टिमका स्टार बलर सन्दीप लामिछानेले पीएनजीविरुद्धको खेलमा ११ रन खर्चिएर ६ विकेट लिँदै करियरको उत्कृष्ट बलिङ गरे ।

यतिमात्र होइन, उनी खेलको म्यान अफ दी म्याचपनि बने । तर अब सन्दीप अर्को खेलमा पनि म्यान अफ दी म्याच बनेको खण्डमा नयाँ रकेर्ड बनाउने भएका छन् । उनी लगातार चार खेलमा म्यान अफ दी म्याच बन्ने भारतीय क्रिकेट टिमका पूर्व कप्तान सौरभ गांगुलीसँग बराबरी गर्नेछन् ।

गांगुलीले सन् १९९७ मा क्यानडाको टोरन्टमा पाकिस्तानको विरोधमा लगातार चार खेलमा म्यान अफ दी म्याच बनेका थिए । यो रकेर्डलाई अहिलेसम्म विश्वमा कसैलेपनि तोड्न सकेका छैनन् । तर सन्दीप एक कदम नजिक पुगेका छन् । 

अन्तिमपटक अमेरीकाविरुद्धको खेलमा म्यान अफ दी म्याच भएका सन्दीप पीएनजीविरुद्धको अघिल्लो खेलमा पनि म्यान अफ दी म्याच बनेका थिए । यस्तै पीएनजीविरुद्धको दोस्रो खेलमा पनि उनी उत्कृष्ट बलिङ कारण खेलको उत्कृष्ट खेलाडी बने । 

गांगुलिले त्यो बेला बनाएको रकेर्ड तोड्नका लागि कोहिपनि सफल भएनन् । यसअघि भारतीय क्रिकेटर अमरनाथ तीन पटक म्यान अफ दी म्याच बनेका थिए । 

हाल नेपालका लागि सफल बलर रहेका सन्दीपले एकदिवसिय क्रिकेटमा ३३ विकेट लिइसकेका छन् । अब विश्वकप क्रिकेट लिग टु मा अमेरीका विरुद्धको खेलमा यदि सन्दीप म्यान अफ म्याच बनेको खण्डमा उनले गांगुलीको रकेर्डलाई बराबरी गर्नेछन् । 

१९९७ मा गांगुलीले पाकिस्तानविरुद्धको पहिलो खेलमा दुई विकेट लिएका थिए दोसो खेलमा पाँच विकेट लिएका थिए । अब सन्दीप यो रकेर्डलाई बराबरी गर्ने संघारमा रहेका छन् । 

यतिमात्र होइन, सन्दीप लगातार तीन खेलमा म्यान अफ दी म्याच बन्ने पहिलो नेपाली खेलाडीपनि बनेका छन् ।

हेराै सन्दिपसँगकाे कुराकानी 

 

भर्खरै

Advertisement