नेपाल र पीएनजीबीचकाे खेलमा बनेका कीर्तिमान

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२६
  • |
  • 905 पटक हेरिएको

हाइलाइट्स

  • पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा एक सय ५१ रनको भारी अन्तरको जित निकालेको नेपालले यहि खेलमा धेरै रेकर्डहरुपनि बनाएको छ । पछिल्लो पटक केहि कमजोर बनेको पीएनजीविरुद्ध नेपालले बनाएका रेकर्डहरु यसप्रकार छन ।

नेपाली क्रिकेट टिमले पपुवा न्युगिनीविरुद्धको खेलमा नेपालले जुन जित हार्यो । त्यो नेपाली टिमका लागि आसन्न त्रिकोणात्मक सिरिजका लागि राम्रो यतारी भएको छ । पपुवा न्युगिनीविरुद्धको दोस्रो खेलमा एक सय ५१ रनको भारी अन्तरको जित निकालेको नेपालले यहि खेलमा धेरै रेकर्डहरुपनि बनाएको छ । पछिल्लो पटक केहि कमजोर बनेको पीएनजीविरुद्ध नेपालले बनाएका रेकर्डहरु यसप्रकार छन ।

एकदिवसिय क्रिकेटमा रनको आधारमा धेरै अन्तरको जित

नेपाली क्रिकेट टिमले पीएनजीविरुद्ध निकालेको जित एकदिवसिय क्रिकेटमा अहिलेसम्मकै ठूलो रनको अन्तरको जित हो । नेपालले पीएनजीविरुद्ध एक सय ५१ रनको जित निकालको थियो । यसअघि नेपालले सन् २०१९ मा दुबईमा २६ जनवरीमा भएको एकदिवसिय खेलमा नेपालले एक सय ४५ रनको जित निकालेको थियो । तर त्यो रेकर्डलाई नेपालले पीएनजीविरुद्ध तोडेको छ । 

सन्दिपको करियरकै उत्कृष्ट प्रदर्शनसँगै नयाँ रेकर्ड

नेपाली क्रिकेट टिमका भरपर्दा र जिम्मेवार बलरका रुपमा रहेका सन्दिपको घातक बलिङका कारण पीएनजीले नेपालविरुद्ध हावी हुन सकेन । एकपक्षिय रुपमा सन्दिपले पीएनजीका ब्याट्सम्यानलाई पेभेलियनको बाटो देखाए । पाँच ओभर एक बल फालेका उनले मात्र ११ रन खर्चिएर ६ विकेट लिए । जुन उनको करियरको उत्कृष्ट बलिङ हो ।

यसअघि काठमाडौंमा भएको त्रिकोणात्मक सिरिजमा उनले ६ ओभरमा एक मेडेनसहित १६ रन खर्चिएर ६ विकेट लिएका थिए । त्यो बेला उनको इकोनोमी २ः६६ को थियो । यसपटक उनको इकोनोमी २ः१२ को रहेको थियो । यसका साथै उनी एसोसियट क्रिकेटमा पनि राम्रो बलिङ फिगर भएको दोस्रो खेलाडी बनेका छन ।

अफगानिस्तान टेष्ट मान्यता पाउनु अगाडी रासिद खानले सन् २०१७ मा वेष्ट इन्डिजविरुद्ध सात विकेट लिएका थिए । यतिमात्र होइन सन्दिप विश्व एकदिवसिय क्रिकेटमा कम ओभरमा धेरै विकेट लिने १४ औं खेलाडी बनेका छन । 

यतिमात्र होइन, उनले लगातार तीन खेलमा चार वा त्यो भन्दा बढि विकेट लिने कीर्तिमान बनाएका छन । उनले पछिल्ला तीन एकदिवसिय खेलमा १६ विकेट लिएका छन । यो रेकर्ड यसअघि वकार युनिस, शेर्न वार्न, अब्दुर रज्जाक, मोहम्मद शामी, साहित अफ्रिदी जस्ता खेलाडीको नाममा रहेका थियो । तर यो सूचीमा सन्दिपपनि जोडिएका छन । 

रोहितको करियरकै उत्कृष्ट प्रदर्शन र उत्कृष्ट साझेदारी

सन् २०१९ यूएई विरुद्ध कम उमेरमा अर्धशतक बनाउने कान्छो खेलाडी बनेका रोहित विचमा प्रदर्शनपनि खस्किएका कारण केहि बर्ष टिम बाहिर रहेका थिए । यो विचमा उनले आफ्नो कमजोरीलाई सुधार्ने मौका पाएका थिए । पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि क्यानले उनलाई यसपटक टिममा राखेको थियो ।

जसमा उनलाई आफुलाई प्रमाणित गर्ने सुनौलो अवसर जुटेको थियो । ओमान आउँदासम्म पनि उनी सुरुवाती ११ मा पर्ने नपर्ने भन्ने एकिन थिएन । तर डेभ हवाटमोरले उनको क्षमतालाई हेरेर पीएनजीविरुद्ध सुरुवाती ११ मा मौका थिए । जुन उनका लागि सञ्जिबनी बुटि जस्तै बनेको । पहिलो खेलमा छैटौं नम्बमा क्रिजमा आएका रोहितले टिमलाई जितको बाटो देखाएका थिए । सो खेलमा उनले ६५ बलमा ४१ रन बनाएका थिए । जसमा दुई चौका सामेल थियो । 

कीर्तिमानी साझेदारी

तर शरद भेषवाकरलाई आराम दिइएको खेलमा रोहितले पीएनजीविरुद्धको दोस्रो खेलमा चौथो नम्वमा क्रिजमा आउने अवसर पाए । टिमको नौ रनमा दुई विकेट गइसकेको अवस्थामा उनले कप्तान ज्ञानेन्द्र मल्लसँग तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे ।

जुन नेपाली खेलाडीले गरेको अहिलेसम्म कै उच्च साझेदारी थियो । रोहित र ज्ञानेन्द्रले २०२० मा काठमाडौंमा भएको त्रिकोणात्मक सरिजमा बनाउको ८४ रनको साझेदारीलाई पनि तोडे भने तेस्रो विकेटका लागि पहिलो ठूलो साझेदारी गर्न सफल भए । यसअघि तेस्रो विकेटका लागि ६४ रनको साझेदारी थियो । 

यतिमात्र होइन, रोहित र करण केसीले सातौं विकेटका लागि ६६ रनको साझेदारी गरे । जुन नेपाली खेलाडीले एकदिवसिय क्रिकेटमा त्यो विकेटका लागि गरेको अहिलेसम्म कै ठूलो साझेदारी हो । पीएनजीविरुद्धको दोस्रो एकदिवसिय खेलमा निकै संयमित भएर खेलेका रोहितले एक सय २३ बलमा ८६ रन बनाए । जसमा दुई चौका र तीन छक्का सामेल थियो । 

सिरिज क्लिनस्विप

नेपालले पीएनजीसँगको खेललाई आधिकारी प्रतियोगिताका रुपमा नलिएपनि यसलाई आसन्न त्रिकोणात्मक सिरिजकाको तयारीका रुपमा लिएको थियो । यो खेललाई नेपालले अभ्यास खेलका रुपमा लिएको थियो । जसका कारणपनि नेपाली टिमले युवा खेलाडीलाई मौका दिएको थियो । कुनै उपाधि विनाको यो प्रतियोगितालाई नेपालले क्लिवस्विप गरेको छ । भलै नेपालले सिरिजकाे उपाधि भने उचाल्न पाएन् ।

नेपालले एकदिवसिय सिरिजमा लगातार जित निकालेको यो पहिलो पटक हो । बिपक्षीलाई एक खेलपनि जित्न नदिएर सिरिज ह्वाइवास नेपालले पहिलो पटक गरेको हो । 

नेपालले अहिलेसम्म खेलका एकदिवसिय सिरिजमा कुनै न कुनै खेल हारेको छ । तर पीएनजीविरुद्ध नेपालले हरेक खेलमा सुधारिएको प्रदर्शन गर्दै दुबै खेल जित्न सफल भयो । 

नेपालको लगातार तीन खेलमा जित

नेपालले एकदिवसिय मान्यता पाएपछि पहिलो पटक लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ । नेपालले काठमाडौंमा २०२० को सुरुवातमा भएका त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा अमेरीकालाई हराएपछि अहिले पीएनजीलाई दुई खेलमा हराएको छ । योपनि नेपाली क्रिकेट टिमले पहिलो पटक हात पारेको हो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey