अब पालो फ्रेन्चाइज भलिबलको 

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२२
  • |
  • 1786 पटक हेरिएको

नेपाल स्पोर्टस म्यानेजमेन्ट एण्ड इभेन्टस् प्रालिले नेपाल सुपर लिग भलिबल प्रतियोगिता गर्ने भएको छ ।

महिला तथा पुरुष दुवै इभेन्टमा हुने प्रतियोगिताका लागि प्रालि र नेपाल भलिबल संघबीच मंगलबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के र नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिकी अध्यक्ष आश्रयता कार्की चौधरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

No description available.

सम्झौता अनुसार २०३० सम्म नेपाल स्पोर्ट्स म्यानेजमेन्ट एण्ड इभेन्ट्स प्रालिले महिला र पुरुष दुवैको फ्रेन्चाइज भलिबल नेपाल सुपर लिग (एनएसएल) लिग आयोजना गर्नेछ ।

No description available.

त्यसका लागि प्राविधिक सहयोग भने भलिबल संघले नै गर्ने छ ।

पहिलो संस्करण यसै वर्षको नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म १ महिना चल्ने छ ।

लिगमा सात प्रदेशका महिला र पुरुषको समान सात–सात टोलीले सहभागिता जनाउने कार्यक्रममा जानकारी गराइएको थियो ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey