नेपालमा पहिलाे पटक फ्रेन्चाइजी लिग भलिबल प्रतियाेगिता हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-२१
  • |
  • 1076 पटक हेरिएको

हाइलाइट्स

  • जसका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्सले मंगलबार नेपाल भलिबल संघसँग सम्झौता गर्दैछ ।

नेपालमा पहिलो पटक आयोजना भएको फुटबल प्रतियोगिता नेपाल सुपर लिगको सफलतापछि नेपाल स्पोर्टस एण्ड इभेन्ट्स म्यानेजमेन्टले फ्रेन्चाइजी लिग भलिबल गर्ने भएको छ । 

जसका लागि नेपाल स्पोर्टस एण्ड इभेन्ट्सले मंगलबार नेपाल भलिबल संघसँग सम्झौता गर्दैछ । भलिबल प्रतियोगिताका लागि टिमको टुंगो नलागेपनि सामान्य कुराकानी विभिन्न लगानीकर्तासँग भएको छ । 

नेपाल भलिबल संघसँगको सहकार्यमा नेपाल स्पोर्टस र इभेन्ट्सले भलिबलको पनि फ्रेन्चाइजी गर्ने आँट गरेको हो । नेपालमा भलिबलमा फ्रेन्चाइजी प्रतियोगिता पहिलो पटक हुन लागेको हो । 

अहिलेसम्मको योजना अनुसार यो प्रतियोगिता मंसिरमा गर्ने भन्ने रहेको नेपाल स्पोर्टस एण्ड इभेन्ट्सले बताएको छ । तर प्रतियोगिताको एकिन मिती भने पछि थाहा हुनेछ । 

फुटबलको सफलतापछि निजी क्षेत्रको लगानीमा भलिबल प्रतियोगिताको पनि आयोजना हुँदा खेलाडीलाई पक्कैपनि फाइदा हुने भएको छ । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey