पलेशाले पहिलो खेलमा नै बेलायती खेलाडी बेथसँग खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-१५
  • |
  • 2344 पटक हेरिएको

हाइलाइट्स

  • महिलाको के ४४ विधा अन्तर्गत ४८ केजी तौलमा पलेशाले प्रिक्वाटरफाइनलमा बेलायती खेलाडी बेथसँग सामना गर्ने भएकी छिन ।

जापानको टोकियोमा जारी पारालिम्पिकमा नेपालबाट सहभागि एकमात्र खेलाडी पलेशा गोवर्धनले पहिलो खेलमा नै बलियो प्रतिद्धन्द्धी बेलायतकी बेथ मुनरोसँग खेल्ने भएकी छिन । 

महिलाको के ४४ विधा अन्तर्गत ४८ केजी तौलमा पलेशाले प्रिक्वाटरफाइनलमा बेलायती खेलाडी बेथसँग सामना गर्ने भएकी छिन ।

पहिलो खेल जितेको खण्डमा पलेशाले क्वाटरफाइनलमा स्थान बनाउने छिन । 

पलेशाले प्रतिस्पर्धा शुक्रबार रहेको छ । उनको तौलमा ११ खेलाडीको सहभागिता रहेको छ । जसमा पाँच खेलाडीले क्वाटरफाइनलमा स्थान बनाउनेछन । 

मंगलबार भएको ड्र मा नेपालको प्रतिस्पर्धी बेलायती खेलाडी परेकी हुन । उनी बरियतामा सातौं स्थानमा रहेकी छिन ।

नेपालबाट पारालिम्पिकमा पलेशा वाइल्ड कार्डबाट स्थान बनाएकी हुन । एशियन च्याम्पियनसिपमा काश्य विजेता पलेशाले विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal