Mega Bank

'११ वर्षको उमेरमा कार दुर्घटना, १९ वर्षमा स्वर्ण पदक'

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०५-१४
  • |
  • 596 पटक हेरिएको

हाइलाइट्स

  • पहिलाे पटक प्रतियाेगिता खेल्दा प्रशिक्षककाे राइफलबाटै स्वर्ण पदक जितेकि थिइन् ।
  • भारतले सुटिङमा जितेकाे याे नै पहिलाे स्वर्ण पदक हाे ।
  • राजस्थानमा जन्मिएकी लखेरा कार दुर्घटनामा परेपछि ह्विलचेयरकाे सहारा छिन् ।

टोकियो पारालम्पिकमा भारतकी अवनि लखेराले स्वर्ण पदक जितेकी छिन् । सुटिङमा उनले स्वर्ण पदक जितेकी हुन् । सुटिङमा भारतका लागि जितेको यो नै पहिलो स्वर्ण पदक पनि हो । १९ वर्षिया लखेराले महिलाको आर टू १० मिटर एयर राइफलको क्लास एचएस वानमा पहिलो स्थान हाात पार्दै स्वर्ण पदक जितिन् ।
स्वर्ण पदक जितेसँगै उनको भारतमा खुवै चर्चा पनि भइरहेको छ । उनी यो ठाउँमा पुग्नुमा उनका बुवाको ठूलो योगदान रहेको भारतीय सञ्चारमाध्यमहरुले उल्लेख पनि गरेका छन् ।
सन् २०११ मा राजस्थानको जयपुरमा जन्मिएकी अवनि लखेरा २०१२ मा कार दुर्घटनामा परेर गम्भीर घाइते भइन् । त्यसपछि उनको यत्रा ह्वीलचेयरमा हुँदै आएको छ । ह्वीलचेयरमा रहे पनि उनको ‘वील पावर’ मा भने कहिल्यै कमी आएन । उनले आफ्नो पढाईलाई पनि सँँगसँगै लगेकी थिइन् । 

Tokyo 2020: Meet shooter Avani Lekhara, the first Indian woman to win a  Paralympics gold

‘२०१५ मा पढाइसँगसँगै खेलमा पनि ध्यान दिन थालिन । उनका वुवाले सुटिङ या आर्चरी मध्य एउटा रोज्न भनेका थिए । त्यतिबेला पहिलो पटक राइफल बोक्दा भविष्यमा सुटिङमै लाग्ने निर्णय गरेँ ।’ उनले एक अन्तवार्तामा पहिला नै भनेकि छिन् ।
उनले सुटिङ रोज्नुमा अभिनव विन्द्रा पनि कारका मानिन्छन् । विन्द्राको बायोग्राफि ‘अ शट एट हिस्ट्री’ पढेकी थिइन् र उनी त्यसैबाट बढी नै प्रभावित भए पछि २०१५ मा उनले जगतपुरा स्पोर्टस कम्प्लेक्सको शुटिङ ट्रेनिङ शुरु गरेकी थिइन ।

२०१५ मा अवनिले ट्रेनिङ शुरु गरे पछि केही समयमै राजस्थानमा भएको स्टेट च्याम्पियनसिपमा सहभागिता जनाउँदा स्वर्ण पदक नै हात पारिन् । उक्त च्याम्पियनसिपका लागि उनले आफ्ना प्रशिक्षकसँग उधारोमा राइफल लगेकी थिइन् । त्यसको केही महिनापछि उनले नेशनल च्याम्पियनसिपमा कास्य पदक जितेकी थिइन् ।  २०१६–२०२० को अवधिमा उनी सुटिङ च्याम्पियनसिपमा पााँच पटक स्वर्ण पदक जितेकी थिइन् । - एजेन्सीकाे सहयाेगमा 

भर्खरै

Advertisement