मनाङ मर्स्याङ्दी क्लबलाई टोयोटाको मुख्य प्रायोजन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-१०
  • |
  • 950 पटक हेरिएको

टोयोटाले ए डिभिजन क्लव मनाङ मर्स्याङ्दीलाई मुख्य प्रायोजन गरेको छ । 

विहीबार काठमाडौं एक कार्यक्रमकाबीच प्रायोजक सम्झौता भएको हो ।

सम्झौता अनुसार टोयोटाले मनाङलाई २ वर्षका लागि  २० लाख रुपौया टोयटाले दिने छ ।

 मनाङका तर्फबाट क्लवका महासचिव तेन्जिङ गुरुङ तथा टोयोटाका तर्फबाट विजनेस रिसर्च अनालिस्ट सुर्यान्स वैद्यले सम्झौतामा हस्ताक्षर गरेका छन् । 

कार्यक्रममा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र युटिएसका अध्यक्ष सुरज बैद्यको पनि उपस्थीति थियो ।

अहिलेलाई २ वर्षका लाागि टोयटाले मनााङलाई प्रायोजन गरे पनि त्यसपछि थप गर्न सकिने बताइएको छ ।

कार्यक्रममा सुर्यान्स वैद्यले खेलकुद र अटोमोवाइल क्षेत्र देशकै ठूलो उद्यम भएको र यसमा सरकारको लगानी र चासोको आवश्यकता रहेको कुरालाई प्रष्ट्याउन समेत यो प्रायोजनले निकै ठूलो भूमिका खेल्ने बताए ।

गत सिजन मनाङको प्रायोजकको रुपमा नेपाल आयल निगम रहेको थियो ।

 नयाँ सिजनको सहीद स्मारक ए डिभिजन लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey