Mega Bank

अफगानिस्तानलाई सहानुभती दिएको पाराओलम्पिकको उद्घाटन समारोह

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०५-०८
  • |
  • 312 पटक हेरिएको

हाइलाइट्स

  • तालिवानी समस्याका कारण अन्तिम समयमा अफगानिस्तानले भाग नलिएपनि उसको राष्ट्रिय झण्डालाई भने मार्च पासमा बोकिएको थियो । 

जापानमा आजबाट पाराओलम्पिकको औपचारिक रुपमा सुरुवात भएको छ ।

कोभिडको विचमा आयोजना हुन लागेका पाराओलम्पिकको उद्घाटन समारोह अरु बेलाको तुलनामा केहि शान्तरुपमा सम्पन्न भयो ।

विना समर्थक भएको उद्घाटन समारोहमा केहि देशको विशिष्ट पाहुनाहरु सहभागि भएका थिए । 

ओलम्पिक स्टेडियममा भएको उद्घाटन समारोहमा आयोजकको झण्डा रंगशालामा प्रवेश गरेपछि सुरु भएको मार्चपासमा विभिन्न देशका खेलाडीले आफ्नो भेषभुषा झल्किने पोशाक लगाएका थिए ।

यो पारा ओलम्पिकमा तालिवानी समस्याका कारण अन्तिम समयमा अफगानिस्तानले भाग नलिएपनि उसको राष्ट्रिय झण्डालाई भने मार्च पासमा बोकिएको थियो । 

चार हजार पाँच सय भन्दा बढि खेलाडीको सहभागिता रहेको यो पाराओलम्पिकमा टोंगो र भानुआटुका दुई खेलाडीले कोभिडका कारण सहभागिता जनाउन पाएनन् ।

यस्तै अफगानिस्तानबाट दुई खेलाडीले पनि नाम फिर्ता लिएका थिए । यस्तै उत्तरी कोरियाले पनि कोभिडका कारण नाम फिर्ता लिएको थियो ।

नेपालबाट मार्च पासमा पलेशा गोवर्धनले राष्ट्रिय झण्डा बोकेकी थिइन । नेपालबाट यो पारा ओलम्पिकमा भाग लिने उनी उक्लो खेलाडी हुन ।

जसमा उनको प्रतिस्पर्धा भदौ १८ गते रहेको छ । उनले तेक्वान्दोको के ४४ विधाको ५८ केजी मुनीमा प्रतिस्पर्धा गर्नेछिन । 

भर्खरै

Advertisement