आत्मरक्षा तालिम

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०५-०६
  • |
  • 1965 पटक हेरिएको

हाइलाइट्स

  • फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए ।

फाइट ब्याकको सहयोगमा प्रयत्न नेपालद्वारा आयोजित आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा पूर्ण-आंशिक दृष्टिविहीन भएका ११ महिला सहभागी थिए ।

उनीहरुलाई फाइट ब्याकका प्रमुख प्रशिक्षक उद्धव थापा मगरले आत्मरक्षा सम्बन्धी विभिन्न कला सिकाएका थिए ।

मगर नेपाल उमा कुङफु संघका पूर्व अध्यक्ष एवं वर्तमान सहायक प्रमुख प्रशिक्षक हुन् ।

दृष्टिविहीनहरुले पनि कसैबाट असुरक्षित महसुश गर्दा आफ्नो रक्षा आफै गर्न सक्छन् भन्ने आत्मविश्वास बढाउन तालिम सञ्चालन गरिएको मगरले बताए ।

५ दिने तालिम जावलाखेलस्थित डिएभी स्कुलमा भएको थियो ।

सन् २०१३ देखि आत्मरक्षा सम्बन्धी तालिममा संलग्न मगरले देशका विभिन्न जिल्लामा पनि आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेका छन् ।

हालसम्म करिब २५ हजारलाई आत्मरक्षा सम्बन्धी तालिम प्रदान गरिसकेको मगरले जानकारी गराए ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिमलाई मध्यनजर गर्दै सुरक्षित उपाय अपनाएर तालिम सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

भर्खरै

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal