महिला भलिबलको स्वर्ण पदक अमेरिकालाई 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-२४
  • |
  • 897 पटक हेरिएको

टोकियो ओलम्पिकको अन्तिम दिन आज भएको महिल  भलिबल तर्फका स्वर्ण पदक भिडन्तमा अमेरिकाले बाजी मारेको छ ।

दुई पटक स्वर्ण जितेको ब्राजिलमाथि अमेरिकाले ३–० को सोझो सेटमा जित निकाल्दै स्वर्ण पदक पक्का गर्न सफल भयो । अमेरिकाले महिल भलिबल तर्फ पहिलो पटक स्वर्ण पदक जित्न सफल भयो  ।

पहिलो सेट २५–२१ ले जितेको अमेरिकाले दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तेस्रो सेटमा शुरुमा पछि परे पनि उत्कृष्ट कमब्याक गर्दै अमेरिकाले २५–१४ को स्कोरका साथ स्वर्ण पदक जित्न सफल भयो ।  

अमेरिकाले १९८४, २००८ र २०१२ को स्वर्ण पदक भिडन्तमा पराजित हुँदै रजत पदकमा चित्त बुझाएको थियो । 

यस्तै महिला भलिबल तर्फको कास्य पदक भने सर्वियाले जितेको छ । सर्वियाले दक्षिण कोरियालाई ३–० को सोझो सेटमा पराजित गर्दै कास्य पदक जितेको थियो ।
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey