Mega Bank

महिला भलिबलमा सर्वियालाई कास्य पदक 

Kelme Nepal
  • एजेन्सी
  • |
  • २०७८-०४-२४
  • |
  • 561 पटक हेरिएको

हाइलाइट्स

  • स्वर्ण पदकका लागि भने आजै नेपाली समय अनुसार विहान सवा १० बजे अमेरिका र ब्राजिलबीच प्रतिस्पर्धा हुने छ ।

महिला भलिबलतर्फ सर्वियाले कास्य पदक जितेको छ ।

टोकियो ओलम्पिक २०२० अन्तर्गत आज भएको खेलमा सर्वियाले दक्षिण कोरियालाई ३–० को सेटमा पराजित गर्दै कास्य पदक पक्का गरेको हो ।

स्वर्ण पदकका लागि भने आजै नेपाली समय अनुसार विहान सवा १० बजे अमेरिका र ब्राजिलबीच प्रतिस्पर्धा हुने छ ।

कास्य पदकको भिडन्तमा सर्वियाले पहिलो सेट २५–१८ ले जितेको थियो ।

त्यसपछिका बाँकी दुवै सेट २५–१५ ले आफ्नो पक्षमा पार्दै कास्य पदक हात पार्न सफल भयो ।  

भर्खरै

Advertisement