क्रिकेट ब्यवस्थापनमा पाइला चाल्ने योजनामा रहेका पारसले भने-'उमेर ३३ भएपनि ५० बर्षको अनुभव संगालेको छु'

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 891 पटक हेरिएको

हाइलाइट्स

  • ‘केही समयमा नै सानो क्रिकेट एकडेमी सञ्चालनमा ल्याउने सोचमा छु, यसबाहेक सातैवटा प्रदेशका क्यानका प्रतिनिधीसँग समन्वय गरेर क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न पहल गर्ने साेचमा छु,अहिले चै क्रिकेट एकेडेमी सफल रूपमा सञ्चालन गरौं भन्ने सोच हो

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफु नेपाली क्रिकेटमा अब फरक भुमिकामा देखिने बताएका छन् ।

मंगलबार बिहान अप्रत्याशित रुपमा अन्तराष्ट्रिय क्रिकेटबाटा सन्यासको घोषणा गरेका पारसले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाली क्रिकेटको विकासका लागि आफ्नो सदैव साथ र सहयोग रहने बताए । 

नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले आफुले ३३ बर्ष क्रिकेट खेलेपछि ५० बर्षको अनुभव रहेको बताएका छन । उनले अन्तराष्ट्रिय खेलाडी जीवनबाट सन्यास लिएपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै पारसले आफुले नेपाली क्रिकेटमा बटुलेको अनुभवले भविष्यमा नयाँ भूमीकामा अगाडी बढ्न सहज हुने आशा रहेको बताए । 

खेलाडी जीवनबाट टाढा भएपछि क्रिकेटलाई नछोड्ने बताउँदै पारसले अब चाँडै क्रिकेट एकेडेमीलाई अगाडी बढाउने र त्यसलाई देशभर लाने धारणा राखे । उनले अहिलेको अवस्थामा पनि क्रिकेट खेल्न सक्ने भएकाले घरेलु क्रिकेटमा सहभागिता जनाउने इच्छा रहेको बताए ।

खेलाडी जीवन छोडेपनि भविष्यमा क्रिकेटमा नै ब्यवस्थापनमा फर्किने इच्छा रहेको बताएका पारसले सामान्य सन्यास लिनुमा आफ्नो यहि सोच भएको र त्यहि अनुसार गरेको बताए । साथै उनले केहि यस्ता खेलाडी छन, जसले राम्रो विदाई पाउनुपर्ने भन्दै शक्ति गौचन र मेहबुब आलमको नाम लिएका थिए । 

झण्डै १९ वर्ष नेपाली टिमबाट खेलेका पारस १० वर्ष कप्तानको भूमिकामा रहेका थिए ।  नेपाली क्रिकेटका सफल कप्तानका रुपमा रहेका उनको कप्तानीमा नेपालले टी २० विश्वकप खेल्नेदेखि लिएर एक दिवसीयमा डेब्यु गरेको थियो ।  

पत्रकार सम्मेलनमा पारसले आफुले क्रिकेटरको रुपमा हासिल गरेका ठुलो सफलता दर्शकको माया र इज्जत नै भएकाले नेपाली क्रिकेटलाई माथि पुय्राउनु आफ्नो जिम्मेवारी भएकोे बताए ।

पारसले अब अन्तराष्ट्रिय क्रिकेटबाट सन्यासपछि व्यवस्थापकको रुपमा आउने आफ्नो इच्छा भएको बताए । पारस खड्का मात्रैले पनि सबै कुरा परिवर्तन गर्न नसक्ने बताउँदै उनले निलम्बनमा पर्दाको क्षण स्मरण गर्दै नेपाली क्रिकेटको विकासमा व्यक्तिभन्दा माथि उठेर लाग्नुपर्ने र त्यसका लागि क्यानदेखि लिएर सरकारको पनि साथको आवश्यकता पर्ने बताए । 

 पारस खड्काले केही समयमा नै क्रिकेट एकेडेमी सञ्चालनमा ल्याउने र तिन चार वर्षमा नेपालभरि नै लिएर जाने सोचमा रहेको बताए । 

‘केही समयमा नै सानो क्रिकेट एकडेमी सञ्चालनमा ल्याउने सोचमा छु, यसबाहेक सातैवटा प्रदेशका क्यानका प्रतिनिधीसँग समन्वय गरेर क्रिकेट प्रतियोगिताहरु आयोजना गर्न पहल गर्ने साेचमा छु,अहिले चै क्रिकेट एकेडेमी सफल रूपमा सञ्चालन गरौं भन्ने सोच हो’ पारसले भने’ । 

साथै उनले भविष्यमा कुनै पार्टीमा राजनिती गर्ने योजना रहेको छ की छैन भन्ने प्रश्नमा, यदि आफुलाई चित्त बुझेको खण्डमा त्यो पनि नहोला भन्न नसकिने बताए । राजनितीक रुपमा केहि अवसर आएको खण्डमा त्यसलाई अध्ययन गरेर अगाडी बढ्ने उनको भनाई छ । 

उनले दुई बर्षअघि नै सन्यासको बिषयमा सोचेको भएपनि टिमलाई सहयोगमात्र गर्नका लागि राष्ट्रिय टिममा बसेको बताए । कप्तानबाट सन्यास लिएको दुई बर्ष पुरा भएपछि सन्यास लिएको उनले बताए । 

साथै उनले आफुलाई जुन साथ र सहयोग अहिलेसम्म पाएका छु, त्यो आगामी दिनमा पनि पाउने र नेपाली क्रिकेटलाई यसरी नै अगाडी बढाउने धारणा राखे । उनले आफु टिमबाहिर रहेपनि सधै जितोस भन्ने प्राथन गर्ने बताए । 

सन् २०१५ मा नेपाल क्रिकेट संघलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले निलम्बन गर्दा उनी नेपाली क्रिकेट टोलीसँगै अन्तर्राष्ट्रिय समन्वयको जिम्मेवारीमा समेत रहेका थिए ।  

नेपालबाट १० एक दिवसीय क्रिकेट खेलेका पारसले ३ सय १५ रन बनाएका छन्  । जसमा उनको एउटा शतक र एउटा अर्धशतक रहेको छ । यसैगरी एक दिवसीयमा पाँच छक्का प्रहार गर्दा ४० चौका प्रहार गरेका थिए । एक दिवसीयमा उनको सर्वाधिक स्कोर ११५ रन हो ।

यसैगरी उनले नेपालका लागि ३३ वटा टी २० खेलेका छन् । जसमा उनले एक शतक र चार अर्धशतक बनाएका छन् । उनले टी २०मा २६ छक्का प्रहार गर्दा ८२ चौका प्रहार गरेका थिए । उनको टी २०मा सर्वाधिक नटआउट १०६ रन हो ।

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey