मग्लाकुनले जितिन किर्तीमानी स्वर्ण पदक

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-२०
  • |
  • 907 पटक हेरिएको

टोकियो ओलम्पिकको महिला चार सय मिटर हर्डल्समा अमेरिकी खेलाडी सिड्नी मग्लाकुनले विश्व किर्तीमानी प्रदर्शन गरि स्वर्ण पदक जितेकी छन् । 

यस विधामा उनले आफ्नै रेकर्ड तोडेकी हुुन् । २१ बर्षिय  मग्लाकुन निर्धारित दुरी ५१ दशमलब दुइ चार छ सेकेण्डमा पुरा गरी नयाँ किर्तीमान बनाएकी हुन् ।

उनी आफ्नो पुरानो रेकर्ड भन्दा झण्डै दुइ मिलि सेकण्ड छिटो दौडिएकी हुन् ।  

यता ५१ दशमलब पाँच ८ सेकेण्डमा दुरी पुरा गरेकी साविक बिजेता डालिला मोहम्मेद भने रजतमा चित्त बुझाइन् ।

अमेरिकाकी ३१ बर्षिय मोहम्मेद रियो ओलम्पिक २०१६ की च्याम्पियन  हुन् । नेदरल्याण्ड्सकी फेम्की बोलले कास्य जितीन् ।

मंगलबार पुरुर्ष तर्फ चार सय मिटर हर्डल्समा नोरर्वेका खेलाडी कार्सटन वारोल्मले आफ्नै नयाँ किर्तीमान बनाँउँदै स्वर्ण जितेका थिए  । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey