बोल्टको रेकर्ड तोड्ने लक्ष्यमा जमैकन धावक

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-१६
  • |
  • 701 पटक हेरिएको

 

युसेन बोल्टले विश्व दौडमा एक यस्तो रेकर्ड बनाएका छन् जुन रेकर्ड तोड्नु आउँदो दिनमा कुनै धावकका लागि सम्भव देखिदैन । उनको नाममा १०० मिटर दौड ९.५८ सेकेण्डमा पुरा गर्ने विश्व किर्तिमान रहेको छ । 

तर टोकियो ओलम्पिक २०२० मा जमैकाबाट प्रतिनिधत्व गरिरहेका धावक बोल्टको ओलम्पिक रेकर्डनजिक पुग्न सक्ने अनुमान लगाइएको छ ।

जमैकन धावक ट्रेभन ब्रोमेल उक्त धावक हुन् जसले २०१२ को लण्डन ओलम्पिक दौडमा बोल्टले राखेको रेकर्ड तोड्ने सामर्थ्य राख्छन् । उक्त रेकर्ड ९.६३ सेकेण्डको रहेको थियो भने ब्रोमेलको १०० मिटर दौडमा अधिक गति ९.७७  सेकेण्ड रहेको छ । 

यसका साथै अकानी सिम्बाई पनि सबैको नजरमाा पर्दै आएका धावक हुन् । उनको सबैभन्दा तिव्र गतिको रेकर्ड ९.८४ सेकेण्डको रहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey