साफ अगाडी पुरुष राष्ट्रिय टिमले मैत्रीपुर्ण खेल खेल्ने
- नेप्लेज
- |
- २०७८-०४-१५
- |
- 2684 पटक हेरिएको
आसन्न साफ च्याम्पियनसिप अगाडी नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेश, भारत, सिंगापुरसँग मैत्रीपुर्ण खेल खेलाउने एन्फाले तयारी गरेको छ ।
एन्फाको कार्यसमितीको आपतकालिन बैठकले साफ अगाडी राष्ट्रिय टिमको मैत्रीपुर्ण खेलका लागि प्रक्रिया अगाडी बढाउने र पत्राचार गर्ने सैद्धान्तिक निर्णय गरेको छ ।
प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको योजना अनुसार एन्फाले राष्ट्रिय टिमको मैत्रीपुर्ण खेलका लागि पहल गरेको हो ।
मैत्रीपुर्ण खेलका लागि चाँडै निर्णय हुने समेत बताइएको छ ।
यसका साथै एशियन महिला च्याम्पियनसिप अगाडी नेपाली महिला टिमलाई मैत्रीपुर्ण खेलका लागि पहल गरिनेछ ।
जसमा इरान लगायत अरु देशहरुसँग पहल गर्ने सैद्धान्तिक निर्णय भएको छ ।