एम्बाप्पेले पीएसजीसँग नयाँ सम्झौता नगर्ने अभिब्यक्ति

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 974 पटक हेरिएको

हाइलाइट्स


  • फ्रेन्च स्ट्राइकर एमबाप्पेलाई भित्र्याउनका लागि स्पेनीस क्लव रियल मड्रिड आतुर रहेको छ ।

पेरीस सेन्ट जर्मेनका स्ट्राइकर केलियन एमबाप्पेले प्रशिक्षक माउरिसियो पोचेटिनोलाई क्लवसँग नयाँ सम्झौता नगर्ने बताएका छन ।

एमबाप्पेको पीएसजीसँगको सम्झौता अर्को सिजनमा सकिँदैछ । 

फ्रेन्च स्ट्राइकर एमबाप्पेलाई भित्र्याउनका लागि स्पेनीस क्लव रियल मड्रिड आतुर रहेको छ ।

युरोकप पछि छुट्टिमा गएका एमबाप्पे क्लवमा फर्किएपछि मेडिकल टेष्टमा गएका थिए । त्यसपछि उनले प्रशिक्षकलाई भेट्दा आफु अर्को सिजनपछि नयाँ सम्झौता नगर्ने बताएका हुन । 

पीएसजीका कतारी मालिकले एमबाप्पेलाई कुनै पनि कुराको कमि हुन दिएका छैनन् । तर पनि एमबाप्पेले पीएसजीसँगको सम्बन्ध अर्को सिजनमा तोड्ने योजना बनाएका हुन ।

यता रियलले एमबाप्पेसँगको सम्झौताका लागि आन्तरीक रुपमा सुरु गरेको बताइएको छ ।

रियलका अध्यक्ष फ्लोरेन्टो पेरेजपनि एमबाप्पेलाई भित्र्याउनका लागि उचित समय कुरिरहेको बताएका छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal