अफगानिस्तानी क्रिकेट टिममा ७ नयाँ खेलाडी समावेश

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०९
  • |
  • 860 पटक हेरिएको

हाइलाइट्स


  • टिममा सेदिक अटल, शाहिदुल्लाह कमाल, नूर अहमद र फैजलहक फारुनीले मौका पाएका छन् । त्यस्तै, इब्राहिम जाद्रान, करिम वनत र इकराम अलीखालले टोलीमा कमब्याक गरेका छन् ।

अफगानिस्तानले पाकिस्तानसँगको तीन खेलको एकदिवसीय सिरिजका लागि टिमकाे घोषणा गरेको छ ।

हसमतुल्लाह शाहिदीको कप्तानीमा १७ सदस्यीय टोलीकाे घोषणा गरेको हो । टिममा सेदिक अटल, शाहिदुल्लाह कमाल, नूर अहमद र फैजलहक फारुनीले मौका पाएका छन् । त्यस्तै, इब्राहिम जाद्रान, करिम वनत र इकराम अलीखालले टोलीमा कमब्याक गरेका छन् ।

उनीहरूले आयरल्याण्डसँगको सिरिजमा विश्राम दिइएको थियो । बोर्डले पूर्वकप्तानद्वय असघर अफगान, गुलबदीन नाइबसहित जावेद अहमदी, शराफुद्दीन अशरफ, उश्मान घानी, यामीन अहमदजाई र सैयद शिरजादलाई टिम बाहिर राखेकाे छ ।

अफगानिस्तान र पाकिस्तानबीचको सिरिज सेप्टेम्बरमा हुनेछ ।

अफगानिस्तानको वानडे टोली

रहमानुल्लाह गुरबाज, इब्राहिम जदरान, सेदिक अटल, रहमत शाह, हशमतुल्लाह शाहिदी, नजीब जद्रान, इकराम अलीखाल, शाहिद कमाल, मोहम्मद नाबी, करीम जनत, अजमत ओमरजई, राशिद खान, अब्दुल रहमान, नवीन(उल(हक, मुजीबउर रहमान, फजलहक फारूकी र नूर अहमद ।

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey