पीएसजीले पोचेटिनोको सम्झौता १ वर्ष थप्यो

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०९
  • |
  • 907 पटक हेरिएको

फ्रेन्च क्लब पीएसजीले आफ्ना प्रशिक्षक मौरिसियो पोचेटिनोसँगकोे सम्झौता थपेको छ ।

गत ६ महिनाको नतिजापछि पीएसजीका प्रशिक्षकमाथि रियल मड्रिड र टोटेनह्यामले रुची देखाएको थियो तर पीएसजीले पाचेटिनोलाई कतै नपठाउने निर्णयका साथ थप १ वर्षका लागि सम्झौता गरेको हो ।

 
पोचेटिनोलाई थप १ वर्षकोे लागि जिम्मेवारी दिइएको पीएसजीले आफ्नो वेबसाइटबाट जानकारी दिएको होे । सम्झौता थपिएपछि उनले २० वर्ष अघि आफु क्लबकोे कप्तान रहेको र अहिले प्रशिक्षक हुन पाउँदा खुसी भएको बताएका थिए । 


नयाँ सिजनमा च्याम्पियन्स लिगका साथै ठुलो उपाधि जित्ने लक्ष्यका साथ पीएसजीले सेर्जियो रामोस,विजनाल्डुम तथा डोनारुमाजस्ता खेलाडीलाई अनुबन्ध गरेको छ भने अच्राफ हाकिमीलाई अनुबन्ध गर्नका लागि पीएसजीले प्रयास थालिरहेको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey