विरोधकाबीच टोकियो ओलम्पिकको उद्घाटन, मार्चपासमा नेपालबाट ८ जना जाँदा ६ पदाधिकारी

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०८
  • |
  • 1432 पटक हेरिएको

हाइलाइट्स

  • उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । 

विश्व खेलकुदको महाकुभ्म मेला टोकियो ओलम्पिकको औपचारिक उद्घाटन भएको छ । कोभिडका कारण एक बर्ष ढिलो भएको टोकियो ओलम्पिकको उद्घाटन अरु संस्करणको भन्दा निकै फरक रह्यो । युनाइटेड बाई इमोसन भन्ने मुल नारा रहेको यसपटकको ओलम्पिकमा समर्थकको उपस्थिति थिएन । 

कोभिडका बेलापनि विश्व भर खेलाडीको तयारी गरेको भिडियो देखाएर उद्घाटन सुरु भएको थियो । उद्घाटनको सुरुवातमा जापानी बक्सर एरिसा सुबाटाले ट्रेडमिलमा दौडिएको देखाइएको थियो । उनको वरिपरि नर्सहरुलाई पनि राखिएको थियो । यसको अर्थ कोभिडका बेला विरामीलाई कसरी उपचार गरियो भन्ने संकेत देखाइएको थियो । 

योही टानेडाले डिजाइन गरेको ओलम्पिकको उद्घाटन समारोहमा शुई र जापानको माउन्ट फुजीलाई प्रतिनिधित्व गरेर बनाइएको थियो । उद्घाटन समारोहमा आयोजक, प्रायोजक, विशिष्ट ब्यक्तित्व र पत्रकारलाई प्रवेश गराइएको थियो । 

विश्वमा कोभिडले पारेको असरबाट बाहिर निस्कनका लागि सबै एकजुट हुनुपर्छ भन्ने उद्घाटनको थिम रहेको थियो । रंगशाला भित्र भब्य उद्घाटन भइरहँदा बाहिर भने ओलम्पिक हुनुहुँदैन भनेर टोकीयोका जनताले नारावाजी लगाएका थिए । 

No description available.

उद्घाटन समारोहमा ओलम्पिक सुरु भएको देश ग्रिसको टिमबाट मार्च पास भएको थियो । त्यसपछि ओलम्पिकको झण्डामुनी खेल्ने रेफ्युजी टिमले प्रवेश गरेका थिए । सबै देशले आफ्नो परम्परा झल्किने ड्रेस लगाएका थिए । मार्च पासको अन्तिममा अर्को संस्करणको आयोेजक देश फ्रान्सले प्रवेश गरेको थियो । उद्घाटन समारोहमा अमेरीकी पहिलो लेडी जील बाइडेनको उपस्थिती रहेको थियो ।

No description available.

उद्घाटन समारोहमा कोरोनाको संभावित संक्रमणलाई कम गर्नका लागि निकै कममात्र विशिष्ट ब्यक्तिलाई निम्तो दिइएको थियो । उद्घाटन समारोहको मार्च पासमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंह र एलेक्स शाहले बोकेका थिए । जसमा खेलाडीका रुपमा गौरीका र एलेक्सले मात्र भाग लिएका थिए । बाँकी सबै पदाधिकारी रहेका थिए । मार्च पासमा नेपालबाट आठ जनाको सहभागिता रहेको थियो । 

No description available.

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey