क्यान र डिशहोमबीच साढे २ कराेडको सम्झौता

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०८
  • |
  • 1514 पटक हेरिएको

हाइलाइट्स

  • सम्झौता अनुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रशारणको अधिकार डिशहोमले पाएको छ । 

नेपाल क्रिकेट संघ क्यानले घरेलु क्रिकेट प्रतियोगिताको प्रशारणको अधिकार डिशहोम मिडियालाई विक्रि गरेको छ ।

सम्झौता अनुसार क्यानले आयोजना गर्ने घरेलु प्रतियोगिताको प्रशारणको अधिकार डिशहोमले पाएको छ । 

क्यानका कोषाध्यक्ष रोशनकुमार सिंह र डिश मिडिया नेटवर्कका प्रबन्ध निर्देशक सुदिप आचार्यविच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । 

यो सम्झौता अनुसार क्यानले आयोजना गर्ने पीएम कप, मेयर्स कपको प्रत्यक्ष प्रशारण डिशहोमले गर्नेछन । जसमा दुई पुरुष र दुई महिलाको प्रतियोगिता रहेका छन । 

क्यानले करिव साढे २  करोड रुपैयाँमा डिशहोमसँग सम्झौता गरेको हो । यो सम्झौता आगामी साउनसम्मको रहेको छ ।

डिशहोमको एक्सन स्पोर्टसले यसअघि पनि क्यानले आयोजना गर्ने प्रतियोगिताको प्रत्यक्ष प्रशारण गरेको थियो ।

त्यो बेला प्रतियोगिताका लागि मात्र सम्झौता हुने गरेकोमा अब पुरै एक बर्षका लागि सम्झाैता गरिएको हो ।  

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey