साफ आयोजनाबारे अझै लागेन टुङ्गो,आधिकारिक निर्णय एक हप्तापछि हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०८
  • |
  • 958 पटक हेरिएको

दक्षिण एशियाली फुटबल महासंघले गर्ने साफ फुटबल च्याम्पियनसिपकाे टुंगाे लाग्न अझै केहि समय भएकाे छ । साफसँग अखिल नेपाल फुटबल संघकाे शुक्रबार बसेकाे बैठकमा साफले एक साताकाे समय मागेकाे एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । 

बंगलादेशले कोरोनाको असर, प्रायोजकको कमी र प्रतियोगिता हुने मुख्य रंगशाला बंगबन्धुको पुर्ननिर्माणका कारण साफ गर्न नसक्ने बताएपछि  प्रतियोगिता गर्नका लागि श्रीलंका र नेपालले चासो देखाएका थिए ।

यसबारे  ठोस निर्णय लिन नसक्दा साफ कहाँ आयाेजना हुनेबारे अन्योल बढेको छ । साफ आयोजनाका लागि नेपाल सरकारसँग पत्रचार गरिएको थियो तर निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ गर्नका लागि प्रक्रिया अगाडी बढाउने बताएको दोस्रो दिन नै पदबाट बाहिरीनुपरेको थियो ।

प्रतियोगिता गर्नका लागि दक्षिण एशियाली फुटबल फेडेरेसनले एन्फालाई सहमति दिइसकेको छ । तर साफ कहाँ हुने भन्नेबारे आधिकारिक निर्णय हुन एक हप्ता अझै कुर्नुपर्ने देखिएकोे छ । 

यस संस्करणकोे साफमा पाँच देशको मात्र सहभागिता हुनेछ । जसमा भुटान र पाकिस्तानले खेल्ने छैनन् । पाकिस्तान फुटबल निलम्बनमा रहेको छ भने भुटानले आफ्ना नागरिकलाई कोभिडका कारण यो बर्षको अन्तिमसम्म अरु देश जान रोक लगाएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey