नेपालमा साफ च्याम्पियनसिप आयाेजनाका लागि सरकारकाे सहमति कुर्दै एन्फा

साफ कहाँ हुने भन्ने टुङ्गाे आज हुने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०८
  • |
  • 2554 पटक हेरिएको

हाइलाइट्स


  • यो प्रतियोगिता गर्नका लागि श्रीलंका र नेपालले चासो देखाएका थिए । जसमा आज साफ कसले गर्ने भन्ने टुंगो लाग्नेछ । 

दक्षिण एशियाली फुटबल महासंघले गर्ने साफ फुटबल च्याम्पियनसिप कहाँ गर्ने भन्ने आधिकारीक निर्णय आज हुने भएको छ ।

बंगलादेशले कोरोनाको असर, प्रायोजकको कमी र प्रतियोगिता हुने मुख्य रंगशाला बंगबन्धुको पुर्ननिर्माणका कारण साफ गर्न नसक्ने बताइसकेको छ ।

यस्तैमा यो प्रतियोगिता गर्नका लागि श्रीलंका र नेपालले चासो देखाएका थिए । जसमा आज साफ कसले गर्ने भन्ने टुंगो लाग्नेछ । 

आज दिउँसो तीन बजे अखिल नेपाल फुटबल संघ एन्फा र साफविच बैठक हुनेछ । जसले साफ आयोजनाको टुंगो लगाउनेछ ।

पछिल्लो पटक एन्फाले साफ च्याम्पियनसिपलाई नेपालमा गर्नका लागि रकम जुटाउन लागेको छ । 

यसका लागि नेपाल सरकारसँग पनि सहयोगका लागि पत्राचार गरेको छ ।

निबर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ गर्नका लागि प्रक्रिया अगाडी बढाउन भनेको दोस्रो दिन नै पदबाट बाहिरीनुपरेपछि एन्फाले गरेको लबिङ धरमराएको थियो ।

तर शेरबहादुर देउवा प्रधामन्त्री भएर आएपछि एन्फाले फेरी साफका लागि सरकारसँग सहयोगका लागि पत्राचार गरेको हो ।

जसमा एन्फाले सकारात्मक प्रतिक्रिया पाएको छ । साफ आयोजनाका लागि नेपाल केहि हदसम्म तयार रहेको बताइएको छ । 

साफ नेपालमा भएको खण्डमा एन्फाले साफलाई एक लाख डलर रोयल्टी दिनुपर्नेछ ।

यसका साथै प्रतियोगिताको तयारीका साथै अरु खर्चपनि आफुले नै जुटाउनुपर्नेछ । सरकारले साफका लागि आवश्यक बजेट दिएकाे खण्डमा नेपालमा साफ हुने प्रबल सम्भावना छ । जसका लागि एन्फापनि अन्तिम निर्णय कुरिरहेकाे छ । 

प्रतियाेगिता गर्नका लागि दक्षिण एशियाली फुटबल फेडेरेसनले एन्फालाई सहमति दिइसकेकाे छ । तर आयाेजना गर्नका लागि ठूलाे खर्च लाग्ने भएकाले एन्फाले सरकारबाट आर्थिक सहयाेगकाे अपेक्षा गरेकाे छ । 

याे पटककाे साफमा पाँच देशकाे मात्र सहभागिता हुनेछ । जसमा भुटान र पाकिस्तानले खेल्ने छैनन् । पाकिस्तान फुटबल निलम्बनमा रहेकाे छ भने भुटानले याे काेभिडका कारण याे बर्षकाे अन्तिमसम्म अरु देश जान राेक लगाएकाे छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey