‘मेस्सीको साथमा खेल्न आतुर छु,उनी विश्वकै सर्वाेत्कृष्ट हुन्’ -मेम्फिस डेपाई

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०८
  • |
  • 1112 पटक हेरिएको

बर्सिलोेनामा अनुबन्ध भएका डच फरवार्ड मेम्फिस डेपाईले बार्सिलोनाका लागि खेल्नु आफ्नो बाल्यकालदेखिको सपना रहेको र बार्सिलोनामा अनुबन्ध हुन पाउँदा सपना पुरा भएकोे बताएका छन् । 

उनले बार्सिलोेनासँग २०२३ सम्मका लागि सम्झौता गरेका हुन् । उनले आफ्ना डच टिम रोनाल्ड कोम्यानलाई धन्यवाद दिँदै आफु बार्सिलोनामा अनुबन्ध हुनुमा भने कोम्यानको दबाब वा प्रस्ताव नरहेकोे बताएका छन् ।

उनले कोम्यान बार्सिलोेनामा नभएकोे भए पनि आफु बार्सिलोनामा आउने बताए । 

बर्सिलोना कप्तान मेस्सीबारे बोल्दै डेपाईले आफु मेस्सीको ठुलो फ्यान भएको बताए । 

‘मेस्सीसँग खेल्ने मेरो सपना थियो,उनी लिजेण्ड हुन् र मेस्सी को हुन् भनिराख्नुपर्ने जरुरत छैन किनकी उनले कोपा अमेरिकामा जे गरे त्यो सबैलाई थाहा छ’ डेपाईले क्लबका कप्तान मेस्सीबारे बोल्दै भने ।
 
‘उनी विश्वकै उत्कृष्ट खेलाडी हुन् र मेस्सीसँग खेल्न म आतुर छु, वास्तवमा म उनकोे ठुलो समर्थक हुँ’ डेपाईले भनेका छन् । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey