उमेरलाई चुनौति दिँदै टोकियो ओलम्पिकमा ६६ वर्षिय हन्ना

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०८
  • |
  • 1102 पटक हेरिएको

ओलम्पिक खेलकुदलाई सबैभन्दा कठिन र चुनौतिपुर्ण प्रतियोगिताको रुपमा लिइन्छ । ओलम्पिकमा उमेरको साथसाथै फिटनेसलाई ध्यानमा राखिन्छ ।

तिनै खेलाडी ओलम्पिकका लागि छनोट हुन्छन् जो शारिरीक र मानसिक रुपमा स्वस्थ हुन्छन् । 

तर टोकियो ओलम्पिकमा केही खेलाडी यस्ता पनि रहेका छन् जसले आफ्नो उमेरलाई नै चुनौति दिँदै प्रतियोगितामा होमिएका हुन्छन् ।

यस्तै एक उदाहरण हुन् अष्ट्रेलियाकी ६६ वर्षिय मेरी हन्ना । हन्नाले आफ्नो करियरकोे सातौं ओलम्पिक खेल्दै छिन् ।

उनले ४ वर्षकोे उमेरदेखि हर्स राइडिङ शुरु गरेकी थिइन भने अहिले उनी ओलम्पिकमा सहभागिता जनाउने इतिहासकै दोश्रो अधिक उमेर भएका ओलम्पियन बन्ने भएकी छन् । 

सबैभन्दा प्रौढअवस्थामा ओलम्पिक खेल्ने रेकर्ड भने ७० वर्षिय ब्रिटिस ओलम्पियन लोर्न जोनसनको नाम रहेकोे छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey