गृहयुद्धको चपेटामा परेकी जाजा टोकियो ओलम्पिकमा सबैभन्दा कान्छी खेलाडी 

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०८
  • |
  • 1737 पटक हेरिएको

ओलम्पिकको इतिहासमा यस्ता थुप्रै उदाहरणहरु छन् जुन विश्वलाई नै प्रेरणाको श्रोत बन्न पुग्दछ । ओलम्पिकमा कम उमेरदेखि अधिक उमेरसम्मका खेलाडीहरुले सहभागिता जनाउने गर्दछन् । 


यस संस्करणको टोकियो ओलम्पिकमा पनि यस्तै एक उदाहरणका रुपमा रहेकी छन् सिरियाका १२ वर्षिय हेन्ड जाजा ।

फेबु्रअरी २०२० मा एसियन छनोट चरणमा लेबानानका ४२ वर्षिय मरियाना सहाकिनलाई पराजित गर्दै जाजाले टोकियो ओलम्पिकका लागि टिकट काटेकी थिइन । जुन समय उनी मात्र ११ वर्षकी थिइन । 

उनी सिरियाको सम्पुर्ण तहको राष्ट्रिय टेबल टेनिस उपाधि जित्ने खेलाडी हुन् । सिरियाको बढ्दो द्धन्द्ध र संकटकालका बिच पनि उनी टेनिसमा आफ्नो नामलाई उचाईमा पुय्राउन सफल रहेकी छन् र उनको लक्ष्य अब टोकियो ओलम्पिक रहेको छ । 

‘यो मेरो देश,मेरो परिवार र सम्पुर्ण साथीहरुको लागि मेरो तर्फबाट उपहार हो’ जाजाले भनेकी छन् । 

सिरियाको द्धन्द्धकालिन वातावरणका कारण उनले राम्रोसँग प्रशिक्षण लिन पाएनन् तर पनि टोकियो ओलम्पिकका लागि बन्द प्रशिक्षणका माध्यमबाट उनले आफुलाई तयार परेकी छन् । 

‘खेल मेरो रगतमा छ,मलाई मेरो परिवारको भरपुर साथ छ र म परिवारकोे खुसीको लागि सम्पुर्ण कुरा गर्न तयार छु’ १२ वर्षिय जाजाले भनेकी छन् । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal