ओलम्पिक फुटबलः ब्राजिलको फराकिलो जित, अर्जेन्टिना अष्ट्रेलियासँग स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 1523 पटक हेरिएको

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा अर्जेन्टिनाको यू २३ टिम अष्ट्रेलियासँग पराजित भएको छ । विहिबारबाट सुरु भएको पुरुष फुटबल अन्तर्गत अर्जेन्टिनी टिम अष्ट्रेलियासँग दुई शुन्यले पराजित भयो । 

१० खेलाडीमा झरेको अर्जेन्टिनाविरुद्ध जित दिलाउन अष्ट्रेलियाका लाचलान वालेस र मार्को टिलियोले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा लाचलानको गोलमा अष्ट्रेलियाले अग्रता बनाएको थियो ।

एक गोलले पछि परेको अर्जेन्टिना पहिलो हाफमा अन्तिममा १० खेलाडीमा झर्न पुग्यो । उसका फ्रान्सिस्को ओर्टेगाले दोहोरो पहेलो कार्ड पाउँदै मैदानबाट बाहिरीए । 

पहिलो हाफमा एक गोलको अग्रता बनाएको अष्ट्रेलियाले अन्तिमतिर दोस्रो गोल गर्यो । उसका लागि टिलियोले गोल गरे । 

यता अर्को खेलमा ब्राजिलले जर्मनीलाई चार दुई गोलले हराएको छ । ब्राजिलको जितमा रिचार्लीसनले ह्याट्रिक गरे ।

१० खेलाडीमा झरेको जर्मनीविरुद्ध जित निकाल्न पाउलिन्होले एक गोल थपे । जर्मनीका लागि नाडीम अमिरी र राग्रर एगले एक एक गोल गरे । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey