Mega Bank

ब्रिगेड ब्वाइजले भित्र्यायो तीन जना विदेशी खेलाडी

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 912 पटक हेरिएको

हाइलाइट्स

  • अघिल्लो सिजनमा नेपालमा विभिन्न फुटबल प्रतियोगिता खेल्न आएका अफ्रिकन रुट्सका खेलाडीलाई ब्रिगेड ब्याइजले अनुबन्ध गरेको छ ।

आसन्न ए डिभिजन लिगका लागि ब्रिगेड ब्वाइजले तीन जना विदेशी खेलाडीलाई अनुबन्ध गरेको छ । जसमा उसले अफ्रिकन खेलाडी इबोडी, रुडी र अतारी रहेका छन् । 

अघिल्लो सिजनमा नेपालमा विभिन्न फुटबल प्रतियोगिता खेल्न आएका अफ्रिकन रुट्सका खेलाडीलाई ब्रिगेड ब्वाइजले अनुबन्ध गरेको छ ।

ए डिभिजन लिगको तयारीमा रहेको बीबीसीले एक दिन अगाडीमात्र लिग हुनहुन्न भनेर एन्फामा जाउलाखेल, फ्रेन्ड्स र थ्रीस्टारसँग मिलेर पत्र बुझाएकाे थियो । 

तर सोहि क्लवले लिगका लागि तीन जना विदेशी खेलाडीलाई भित्र्याएको छ । उनीहरुलाई क्लवले कति रकममा अनुबन्ध गर्‍याे भन्ने कुरा गोप्य राखेको छ ।

नेपालका फुटबल एजेन्ट सुगन तन्डुकारको माध्यमबाट बीबीसीले तीन जना अफ्रिकनलाई अनुबन्ध गरेको हो । 

असोज तीन गतेबाट एन्फाले लिग आयोजना गर्ने तयारी गरेको छ । तर एएफसी महिला च्याम्पियनसिपको आयोजना पनि नेपालमा नै हुने भएकाले मिति जुध्ने हुँदा केहि दिन सर्न सक्ने संभावना पनि रहेको छ । 

 

भर्खरै

Advertisement