कोरोनाकोबीचमा लिग गर्नुहुन्न भन्ने अभिब्यक्ति कतिको जायज ?

कतै याे एन्फा राजनीतिकाे एक पाटाे त हाेइन

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 698 पटक हेरिएको

हाइलाइट्स

  • यतिमात्र होइन, यो एन्फा भित्रको एक राजनीति नै भएको स्रोतको भनाई छ ।
  • लिगलाई यो पटक नगराएर नेतृत्वलाई नै चुनौती दिन खोजेको होकी भन्ने कुराकाे आशंका गर्न सकिन्छ ।
  • लिगका लागि खेलाडी अनुबन्ध गराउने तर लिग नभएको खण्डमा एन्फासँग क्षतीपुर्ति माग्ने रणनीति पनि क्लवको हुनसक्ने आशंका  छ ।

नेपाली फुटबलको विकाशमा मेरुदण्डको काम गर्ने सहिद स्मारक ए डिभिजन लिग असोज ३ गतेबाट शुरु गर्ने एन्फाको योजनामा केहि क्लवले असन्तुष्टि जनाउँदै अहिले लिग गर्न हुन्न भनेर दुई दिन अगाडि संयुक्त रुपमा विज्ञेप्ति नै बुझाए ।

थ्रीस्टार, जाउलाखेल, ब्रिगेड ब्वाइज र फ्रेन्ड्स क्लवले कोभिडको प्रतिकुल अवस्थामा लिग गर्नका लागि उपयुक्त समय नभएको भन्दै रोक्नका लागि निवदेन नै दिए । यहि विषयमा नेपाली फुटबल टिमका कप्तान किरण चेम्जोङले विहिबार आफ्नो सोसियल मिडियामा लिग जस्तो प्रतियोगिता रोक्न नहुने र खेलाडीले लिग खेल्न नपाए के खेल्ने र तोकेको समयमा नै गर्नुपर्ने भन्दै आफ्नो भनाई राखे । 

हुन पनि कुनैपनि खेलाडीलाई आफ्नो क्षमता देखाउने मुख्य थलो नै ए डिभिजन लिग हो । यस्तैमा यसपटक एन्फाले ६ महिनासम्म लिग गर्ने र सँगै राष्ट्रिय लिग पनि गर्ने योजना बनाएको छ । तर ललितपुरका चार क्लवले संयुक्त निवदेन दिएपछि कतै लिग राेकिने त होइन भन्ने प्रश्न उब्जिनु स्वभाविक पनि हो । 

तर एन्फा अधिकारी भने कुनैपनि हालतमा लिग हुनेमा विश्वस्त छन् । चार क्लवले आखिर किन यसरी लिग नगर्न भन्दै पत्र सुम्पिए भन्ने प्रश्नका एन्फाका शीर्ष पदाधिकारीले उनीहरुले कोभिडका कारण देखाए पनि खेलाडी अनुबन्धमा केहि पछाडी परेको र त्यसमा पनि कतै रेलिगेसनमा त परिने होइन भनेर खतरा महसुस गरेको हुन सक्ने टिप्पणी गरे ।

साथै उनले काठमाडौं महानगरपालिकाले आफ्नो जिल्लामा रहेका ए डिभिजन क्लवलाई १० लाख रुपैयाँ सहयोग गर्ने गरेकोमा ललितपुरका क्लवले त्यो यसपटक नपाउने संभावना छ । त्यसमा पनि राम्रो खेलाडीले टिममा अनुबन्ध गर्न उनीहरुसँग स्रोतको कमि भएको हुन सक्ने पनि बताए । 

यतिमात्र होइन, यो एन्फा भित्रको एक राजनीति नै भएको स्रोतको भनाई छ । लिगलाई यो पटक नगराएर नेतृत्वलाई नै चुनौती दिन खोजेको होकी भन्ने कुरा उनले बताए । लिगका लागि खेलाडी अनुबन्ध गराउने तर लिग नभएको खण्डमा एन्फासँग क्षतिपुर्ति माग्ने रणनीति पनि क्लवको हुनसक्ने आशंका उनले गरे । 

लिगका लागि यो पटक क्लवहरुले महंगो रकममा खेलाडी अनुबन्ध गरिरहेका छन् । यो पटकको लिगका लागि केहि क्लवले खेलाडीको तलवमा मात्र एक देखि साँढे एक करोडसम्म खर्च गरेका छन् । 
केहि क्लवहरु लिगका लागि तयारी गरिरहँदा ललितपुरका चार क्लवले आखिर किन कोभिडका कारण देखाएर लिग नगर्न पत्राचार गरे त्यो भित्रि कुरा अझैं पनि प्रष्ट भएको छैन ।

यसअघि पनि क्लवहरुको बैठकमा केहि क्लवले लिग गर्न उचित नहुने भन्ने कुरा राखेका थिए । त्यो बेला कोभिडले लकडाउन हुँदा नेपाल सुपर लिगमा एन्फाकै पदाधिकारी र क्लवका केहि पदाधिकारी काम गर्ने, त्यो पनि पैसाका लागि तर एन्फाले गर्ने कार्यक्रमलाई नगर्न भन्ने भनेर चर्काचर्की पनि चलेको बुझिएको छ । 

एन्फाले सबै क्लवलाई लिगको तयारीका लागि २० लाख रुपैयाँ दिँदै आएको छ । यसपटक पनि त्यसलाई निरन्तरता दिनेछ । त्यसमा लिगको शीर्ष ६ मा रहेका क्लव जसले राष्ट्रिय लिग खेल्छन । उनीहरुलाई थप १० लाख रुपैयाँ दिनेछ । यतिमात्र होइन, राष्ट्रिय लिगका बेला ए डिभिजन लिगमा शीर्ष ६ मा नरहेका क्लवले खेलाडीलाई लोनमा काठमाडौं बाहिरबाट आउने चार क्लवमा पठाउन पनि सक्ने संभावना छ । जसले गर्दा उनीहरुले केहि आम्दानी पनि गर्न सक्नेछन् । 

एन्फाको लिग कमिटीले ए डिभिजनको नियमावलिका साथै पुरस्कार रकमका विषयमा पनि आन्तरिक तयारीमा जुटेको छ । क्लवलाई साउन १० गतेसम्मका लागि टिम दर्ताको समय तोकेको छ । लिग गराउन नहुने भनेर पत्र दिने चार क्लवले टिम दर्ताको समय पनि छलफल नै नगरि गरेको भनेर आपत्ति जनाएका छन् । 

यसपटकको लिगमा नेपाली युवा खेलाडी राम्रो रकममा अनुबन्ध भएका छन । जसले गर्दा उनीहरुपनि लिगका लागि प्रतिक्षामा छन् । एन्फाले पनि कोभिडको मापदण्ड बनाएर कसरी प्रतियोगिता सुरक्षित तरिकाले गर्ने भनेर नियम बनाउनु पर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey