ओलम्पिक फुटबलः फ्रान्स पहिलो खेलमा नै मेक्सिकोसँग स्तब्ध

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 1164 पटक हेरिएको

हाइलाइट्स


  • फ्रान्स पहिलो चरणको खेलमा मेक्सिकोसँग चार एक गोलले पराजित भयो । 

टोकियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्णपदकको दावेदार टिम फ्रान्स पहिलो खेलमा नै स्तब्ध भएको छ । फ्रान्स पहिलो चरणको खेलमा मेक्सिकोसँग चार एक गोलले पराजित भयो ।

फ्रान्सको यू २३ टिममाथि प्रभावशाली जित दिलाउन मेक्सिकोका एर्नेस्टो भेगा, फ्रान्सिस्को कोर्डाभा, कार्लोस एन्टुना र इडुआर्डो एगुएरेले एक एक गोल गरे । फ्रान्सका लागि एकमात्र गोल आन्द्रे पिएरेले गरेका थिए । 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको दोस्रो हाफमा पाँच गोल भएका थिए । खेलको ४७ औं मिनेटमा भेगाको गोलमा मेक्सिकोले अग्रता बनायो । त्यसपछि ५५ औं मिनेटमा मेक्सिकोले अन्तर दुई शुन्यमा पुर्यायो । उसका लागि कोर्डोभाले गोल गरे । 

६९ औं मिनेटमा पिएरेको गोलमा फ्रान्सले अन्तर दुई एकमा पुर्याएको थियो । तर त्यसपछि मेक्सिकोले थप दुई गोल गर्यो । ८० औं मिनेटमा एन्टुनाले गोल गर्दै टिमलाई तीन एकले अगाडी राखे । खेलको इन्जुरी समयमा इडुआर्डोको गोलमा मेक्सिकाले चार शुन्यको फराकिलो जित निकाल्यो । 

यो जितपछि समुह ए मा हरेको मेक्सिकोले तीन अंक बनाएको छ । अर्को खेलमा स्पेनको यू २३ टिमले इजिप्टसँग गोलरहित बराबरी खेल्यो । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey