अष्ट्रेलिया र न्युजिल्याण्डले विश्वकपबाट हात झिक्यो,२०२२ सम्मका लागि रोक्न माग

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 1339 पटक हेरिएको

अष्ट्रेलिया र न्युजिल्याण्डले अक्टोबरबाट इंग्लयाण्डमा हुने रग्बी बिश्वकप नखेल्ने निर्णय लिएको छ ।

यी दुई देशले कोरोनाको जोखिम र सुरक्षाको विषयलाई मध्यनजर गर्दै रग्बी विश्वकप नखेल्ने निर्णय लिएका हुन् । 

बुधबार संयुक्त वक्तव्य जारी गर्दै अष्ट्रेलियन रग्बी लिग कमिसनले कोरानाको जोखिम कायमै रहेकाले २०२२ सम्मका लागि विश्वकप रोक्न मागथ गरेकोे छ ।

गत हप्ता मात्रै प्रतियोगिताको अफिसियलहरुले रग्बी विश्वकप डिफेन्डिङ च्याम्पियन अष्ट्रेलिया सहभागि नभए पनि आयोजना गर्ने बताएको थियो ।


रग्बी लिग विश्वकप अक्टोबर २३ बाट गर्ने तालिका रहेको छ भने फाइनल खेल नोभेम्बर २७ मा तय भएको छ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey