टोकियो ओलम्पिक उद्घाटन समारोहका निर्देशक केन्तारो कोबायासी बर्खास्त

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०७
  • |
  • 884 पटक हेरिएको

हाइलाइट्स


  • होलोकस्टसँग सम्बन्धि मजाक गरेको भिडियो सार्वजनिक भएपछि टोकियो ओलम्पिक आयोजकले कोबायासीलाइ बर्खास्त हो । स्थानिय सञ्चारमाध्यममा कोबायासीले ९० को दशकमा होलोकस्टमाथि गरेको मजाक भाइरल भएपछि सवत्र आलोचना भएको थियो ।

टोकियो ओलम्पिक उद्घाटन समारोहका निर्देशक केन्तारो कोबायासी बर्खास्त भएका छन । ओलम्पिकको औपचारिक उद्घाटनको अघिल्लो दिन आज समारोहका निर्देशक कोबायासीलाइ हटाइएको हो । 

होलोकस्टसँग सम्बन्धि मजाक गरेको भिडियो सार्वजनिक भएपछि टोकियो ओलम्पिक आयोजकले कोबायासीलाइ बर्खास्त हो । स्थानिय सञ्चारमाध्यममा कोबायासीले ९० को दशकमा होलोकस्टमाथि गरेको मजाक भाइरल भएपछि सवत्र आलोचना भएको थियो ।

सो वेला कमेडियन रहेका उनले होलोकस्ट अर्थात दोस्रो विश्वयुद्धका दौरान नाजी नरसंहारका पिडित करिब ६० लाख यहुदीका बारे मजाक गरेका थिए । टोकियो ओलम्पिक आयोजक समितीकी प्रमुख सिको हासिमितोले, कोबायासीको प्रस्तुतीमा  पिडादायीे इतिहासको उपहास पाइएको  प्रतिकृया दिइन् ।

उद्घाटन समारोहका संगितकार केइगो ओयामाडाले पद बाट राजीनामा दिएको अर्को दिन निर्देशक बर्खास्तीमा परेका हुन् । संगितकार ओयामाडाको पनि, अभद्र  र अपमानजक ब्यबहारको पुरानो रिपार्टे सार्वजनिक भएको थियो ।

ग्लोबल राइटस ग्रुप साइमन वेसेन्थल सेन्टरले जति सुकै सृजनशिल  सर्जक  भएपनि नरसंहारका पिडितको उपहास गर्ने अधिकार नभएको भन्दै कडा आपत्ति जनाएको थियो । बर्खास्तमा परेका निर्देशक कोबायासीले आफुले सो वेला गरेको कार्य प्रति माफी मागेका छन ।  

कोरोनाका कारण समस्या ब्यहोरिरहेको आयोजक जापानलाई यी घटनाहरुले थप चिचिन्तत बनाएको छ । वर्षको सुरुवातमै महिलाहरु प्रति अभ्रद अभिब्यक्तिका कारण आयोजक समितीका प्रमुख तथा पुर्व प्रधानमन्त्री यसिरो मोरिले पदबाट राजीनामा दिएका थिए ।  

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey