मेसाको सपना मेस्सीले गरिदिए पुरा

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०७
  • |
  • 1153 पटक हेरिएको

हाइलाइट्स

  • मेसाले आफ्नो देब्रे खुट्टामा मेस्सीको ट्याटु पनि खोपाएका छन् भने आफु मेस्सीको ठुलो समर्थक भएको बताउने गरेका छन् । 

बार्सिलोना तथा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले अमेरिकन बेसबल क्लब मर्लिनका खेलाडी भिक्टोर मेसाको जर्सि प्राप्त गरेका छन् । 

प्राय फुटबल मैदानमा खेलाडीहरुसँग जर्सि साट्ने मेस्सीले मेसाको जर्सिसँग खिचाइएकोे तस्बिर मेसाले समाजिक सञ्जालमा हालेका छन् । मेस्सीले आफ्नो जर्सिको साथमा खिचाएको तस्बिर पाएमपछि मेसाले आफ्नो सपना पुरा भएकोे बताएका छन् । 

१९ वर्षिय मेसाले मर्लिनमा आउटफिल्डरका रुपमा खेल्दै आएका छन्  । उनी २०१८ मा आफ्नो दाई भिक्टोर भिक्टोर मेसाको साथमा मर्लिनमा अनुबन्ध भएका थिए । 

मेस्सीले आफ्नो जर्सि समातेकोे तस्बिर मेसालाई पठाएका हुन् । त्यसपछि मेसाले इन्स्टाग्राममा उक्त तस्बिर अपलोड गरेका छन् ।

 मेसाले आफ्नो देब्रे खुट्टामा मेस्सीको ट्याटु पनि खोपाएका छन् भने आफु मेस्सीको ठुलो समर्थक भएको बताउने गरेका छन् । 

‘यदि तपाई मलाई चिन्नुहुन्छ भने त्यो नै काफी छ ,तपाईलाई थाहा होला यो तस्बिरले मेरो लागि कति अर्थ राख्छ,मेरो आइडलले आज मेरो सपना पुरा गरिदिएको छ’ मेसाले इन्स्टामा लेखेका छन् । 

 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey