प्रि सिजनमा बार्सिलोनाले चार मैत्रीपुर्ण खेल खेल्ने
- नेप्लेज
- |
- २०७८-०४-०६
- |
- 1139 पटक हेरिएको
हाइलाइट्स
- साल्जबर्गको घरेलु मैदानमा खेलिने सो खेलमा बार्सिलोनाका मुख्य खेलाडी नहुने संभावना रहेको छ ।
नयाँ सिजन सुरु हुन अगाडी बार्सिलोनाले प्रि सिजन टुरमा अगष्ट चार तारिखमा रेडबुल साल्जबर्गसँग खेल्ने भएको छ ।
साल्जबर्गको घरेलु मैदानमा खेलिने सो खेलमा बार्सिलोनाका मुख्य खेलाडी नहुने संभावना रहेको छ ।
आज राति बार्सिलोनाले नास्टिक डी टारागोनासँग खेल्नेछ । यस्तै शनिबार जिरोना र जुलाई ३१ मा स्र्टुटगार्टसँग खेल्ने तालिका छ ।
नास्टिक र जिरोनासँगको खेल भने घरेलु मैदानमा खेल्ने तालिका छ ।
त्यसपछि टिम जर्मनी प्रस्थान गर्नेछ । जहाँ बार्सा जुलाई २८ देखि अगष्ट तीनसम्म बस्नेछ ।
त्यसपछि जर्मनीबाट टिम साल्जबर्गसँग खेल्न अगष्ट चारमा जानेछ ।
प्रि सिजनको मैत्रीपुर्ण खेलपछि टिम बार्सिलोना फर्किने नयाँ सिजको लिगका लागि तयारी गर्ने बताइएको छ ।