काेराेनाले थप चार खेलाडी ओलम्पिक बाहिर

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 1410 पटक हेरिएको

टोकियो ओलम्पिकका खेलहरु सुरु भइसक्दापनि खेलाडीमा कोरोना संक्रमण देखिने क्रम रोकिएको छैन । यस्तैमा ओलम्पिकका लागि पुगेका चार खेलाडीलाई कोरोना देखिएपछि ओलम्पिक खेल्न नपाउने भएका छन । 

पछिल्लो पटकको रिपोर्ट अनुसार सुटिङका विश्व नम्वर एक खेलाडी अम्बेर हिलसँगै शिर्ष बरियताकी स्किट महिला खेलाडीलाई जापान पुगेपछि कोभिड देखिएको छ । जसका कारण उनीहरुले ओलम्पिक गुमाउने भएका छन । 

पाँच बर्षको तयारीपनि ओलम्पिकमा खेल्न पुग्दा कोभिड पोजेटिभ भएर भाग लिन नपाउँदा निकै दुःख लागेको बताएका छन ।

यस्तै चेक गणतन्त्रका टेबल टेनिस खेलाडी पाभेल सिरुसेकलाई पनि कोरोना पोजेटिभ देखिएको छ । उनी ओलम्पिक भिलेजमा पुगेपछि कोरोना पोजेटिभ देखिएको हो । 

टोकियो ओलम्पिकमा बायो सेक्युअर बबलमा खेलाडीलाई राखिएको छ । जसमा उनीहरुलाई दिनकै कोभिड परिक्षण गरिने गरेको छ । मास्कको अनिवार्य प्रयोग र सामाजिक दुरी कायम राख्ने नियम छ । 

यसका साथै चिलीका तेक्वान्दो खेलाडीलाई पनि कोरोना देखिएपछि निकै निराश भएका छन । उनी उज्वेकिस्तानमा प्रशिक्षण क्याम्प सकेपछि टोकियो पुगेका थिए । 

सन् २०१९ को पान अमेरीकामा काश्य पदक जितेका १९ बर्षिय फेर्नान्दामाथि देशले आशा गरेको थियो । तर कोभिड देखिदा उनलाई आइसोलेसनमा सारिएको छ । 

ओलम्पिक खेल्ने आशाका साथ टोकियो पुगेका खेलाडी त्यहाँ कोभिड पोजेटिभ हुँदा मन निकै दखेको उनीहरुले सामाजिक सञ्जालमा बताएका छन । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal