मड्रिडमा ४ नम्बर जर्सी अलाबाले पाएपनि रामोससँग तुलना गर्न चाहन्नन् !

Kelmi

  • एजेन्सी
  • |
  • २०७८-०४-०६
  • |
  • 996 पटक हेरिएको

जर्मन क्लब बार्यन म्युनिखबाट रियल मड्रिडमा अनुबन्ध भएका डिफेन्डर डेभिड अलाबाले क्लबका पूर्व कप्तान सेर्जियो रामोसकोे ४ नम्बर जर्सि पाएका छन् । रामोस गत हप्ता मात्रै फ्रेन्च क्लब पीएसजीमा अनुबन्ध भएका हुन् । 


रियलका सफल कप्तानका रुपमा रहेका रामोेसको जर्सि नम्बर पाएपछि अलाबाले उक्त जर्सिको प्रतिष्ठा जोगाउने जिम्मेवारी पाएका छन् ।

रियल मड्रिडमा जर्सि नम्बर ४ को अभाव खट्किन नदिनका लागि उनिसामु एक चुनौति खडा भएको छ । 

चार नम्बर जर्सि पाएपछि बोल्दै आलाबाले उक्त जर्सि नम्बरले रियलकोे नेतृत्व झल्काउने बताउँदै आफु अन्य कोहीसँग तुलना गर्नका लागि रियल मड्रिडमा अनुबन्ध नभएको बताएका छन् ।

 
‘म यहाँ अरुसँग आफ्नो तुलना गर्न आएको होइन,म डेभिड अलाबा हुँ र म डेभिड अलाबाको भुमिकामा नै रहनेछु,रियलमा अनुबन्ध हुने मेरो सपना थियो र म अहिले विश्वकै उत्कृष्ट क्लबमा हुन पाउँद खुसी छु’ उनले भनेका छन् । 
 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey