ओलम्पिकको उद्घाटनमा हरेक देशका ६ अफिसियलले मार्चपासमा जान पाउने, नेपाली पदाधिकारी अन्योलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 1605 पटक हेरिएको

हाइलाइट्स


  • कोभिडको संभावित प्रभावलाई ध्यानमा राख्दै आयोजक कमिटीले उद्घाटन समारोहमा सबै देशबाट मात्र ६ जना अफिसियल्सलाई भाग लिन मापदण्ड नै बनाएको छ । 

शुक्रबारबाट सुरु हुने टोकियो ओलम्पिकको उद्घाटन समारोहमा नेपालका चार खेलाडीबाहेक ६ पदाधिकारीले मात्र भाग लिन पाउने भएका छन ।

कोभिडको संभावित प्रभावलाई ध्यानमा राख्दै आयोजक कमिटीले उद्घाटन समारोहमा सबै देशबाट मात्र ६ जना अफिसियल्सलाई भाग लिन मापदण्ड नै बनाएको छ । 

जसका कारण चीन, अमेरीका, अष्ट्रेलिया, बेलायत, क्यानडा, भारत जस्ता देशका पनि ६ जना अफिसियलले मात्र उद्घाटन समारोहमा भाग लिन पाउने भएका छन ।

यस्तैमा नेपालबाट पनि ६ जनाले मात्र भाग लिनुपर्ने भएको छ । 

अहिले टोकियोमा नेपालबाट भाग लिने पौडीका दुई, जुडो र सुटिङका एक एक खेलाडी रहेका छन ।

यस्तै पदाधिकारी भने धेरै जसो गइसकेका छन । तर आयोजकको नयाँ नियमले उद्घाटन समारोहमा उत्रने नेपाली पदाधिकारीको योजना अधुरो हुने भएको छ । 

यस्तैमा अब कसले उद्घाटन समारोहमा मार्चपासमा जाने भन्ने पनि अन्योल हुनसक्ने अनुमान गर्न सकिनेछ ।

आयोजक समितीले खेलाडीको हकमा भने कुनै बार लगाएको छैन । 

ओलम्पिकको उद्घाटन समारोह शुक्रबार नेपाली समय अनुसार पौने पाँच बजे सुरु हुनेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey