Mega Bank

फुटबलर शान्ताकाे कथाः फुटबल खेलाैं परिवार पाल्न कठिन, नखेलाैं सपना अधुराे हुने समस्या (भिडियाे स्टाेरी)

नगपालिकाकाे सार्वजनिक शाैचालयकाे छतमा टहरा बनाउने याेजना बनाएकी शान्ता, कसैले सहयाेग गरिदिए हुन्थ्याे भन्ने आशामा छिन ।

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 679 पटक हेरिएको

हाइलाइट्स

  • शान्ता भन्छिन, फुटबल खेलेर केहि पाउछु की भन्ने आशा थियो, अहिलेसम्म पाउन सकिन, सहयोग भन्ने पनि खाँसै भएको छैन् ।
  • फुटबल खेल्दा घरको चिन्ता हुने, अरुले खेलेको देख्दा आफ्नो मन पोल्ने गर्छ । 

नेपाली महिला फुटबलमा तीन विभागिए टिम बाहेक अरु टिम हेर्ने हो भने वालिङ फुटबल क्लव उदाउदो टिमका रुपमा रहेको छ । केहि महिना अगाडी सम्पन्न महिला राष्ट्रिय लिगमा वालिङको प्रदर्शनले धेरैको प्रशंसा पाएको थियो । तर त्यहि टिमकी एक खेलाडी शान्ता नेपालीको अवस्था हेर्दा र उनको कहानी सुन्दा आँखा नै रसाउने गर्छन । वालिङले धेरै पुरुष र महिला खेलाडीलाई उत्पादन गरेको छ । त्यसमा सबै खेलाडीको दुःख शान्ताको जस्तो छैन ।

विभिन्न देशमा लाहुरे बनेकाहरु र ब्यापार गर्नेहरुको परिवारको बाहुल्यता रहेको वालिङ बजारको नजिकै बग्ने आँधीखोलाले माथि रहेको बगर फुटबल मैदानमा सधै जसो फुटबल खेल्नेको भिड नै हुन्छ । यहि मैदानमा फुटबल खेलेर हुर्किएकी वालिङ महिला टिमकी स्ट्राइकर शान्ता नेपालीको अवस्था सुनेर हामी उनलाई भेट्न उनकै घरमा पुग्यो । जब नेप्लेजको टिम उनलाई भेट्न पुग्दा, उनी बस्ने ठाँउ देख्दा निकै टिठ लाग्यो । बर्षोदेखि एउटा सानो झुपडीमा शान्ता र उनको बरिवार बसिरहेको थियो । बाहिरबाट हुर्दा कुचुक्क परेको उनको त्यो घरको भित्र छिर्दा झन ठिट लाग्ने अवस्था थियो । मात्र दुई वटा कोठा त्यसमा बुढा बुवाआमा र भाई र शान्ताले जिविकोपार्जन गर्दै आइरहेका थिए ।

भारी बर्षा पर्दापनि पानी छिर्ने उनको त्यो घर अब धेरै समयका लागि पनि होइन । त्यो जग्गाको मालिकले उनलाई छोड्न भनेर निकै समय पहिले भनिसकेको थियो । तर उचित स्थान नपाउँदा उनीहरु त्यहि ठाँउमा जसोतसो बसिरहेका छन । 

शान्ता बस्ने कोठामा उनले जितेका विभिन्न मेडल, एर्किडेसन कार्डहरु केहि झुण्ड्याएका थिए भने केहि बाकसमा थन्क्याइएका थिए । परिवारको जिविका चलाउनका लागि सानाेतिनाे काम गर्ने शान्ताको परिवार नयाँ बस्ने स्थानको खोजिमा थियो । सानैदेखि फुटबलमा लागेर पैशाको अभावमा पढाईपनि गर्न नपाएकी शान्ताको आम्दानी परिवारको मुख्य आयस्रोत हो । आमा बुबा बुढा भइसकेकाले पनि शान्ता कसरी हुन्छ, आफ्नो परिवार पाल्नका लागि काम सानो ठुलो भनेर रोकिएकी छैनन् । दिनमा पाँच देखि सात सय रुपैया कमाएर जिविकै चाइरहेकी शान्तालाई पछिल्लो पटक बस्ने स्थानले थप चिन्ता बढाएको छ । 

परिवार निकै गरिव भएकाले उनले नत फुटबलमा राम्रोसँग लगाव दिन पाएकी छिन, नत काम पनि राम्रोसँग गर्न पाएकी छिन । फुटबल खेले कामको चिन्ता, काम गरे फुटबल खेल्न नपाउने चिन्ता यहि दोधारमा उनी बाँचिरहेकी छिन । यस्तैमा उनका बुवा दुई पटक प्रेसर बढेर ढलिसकेका छन । बुवा अलि ठिक हुँदा केहि आम्दानी हुँदा उनलाई फुटबल खेल्न जान केहि भएपनि समय थियो, तर अहिले त्योपनि निकै कम भएको छ । 

राष्ट्रिय खेलाडी बन्छु भन्ने ठूलो सपना बोकेकी शान्ताले परिवारको समस्याका कारण यू १८ प्रतियोगिताका लागि एन्फाले बोलाएपनि जान पाइनन् । खेलाडी भएपछि आर्थिक रुपमा केहि सजिलो होला भनेर फुटबलमा लागेको बताउने शान्ताको मन फुटबलमा भएपनि तन भने सिकर्मीको काममा हुन्छ । 

जग्गा धनीले उनको परिवारलाई विकल्प खोज्न भनेर भनेपनि शान्ताले त्यो कुरालाई वालिङमा फुटबलको विकाशमा ठुलो योगदान गर्दै आएका प्रशिक्षक दिलिपलाई भने, वालिङमा फुटबल खेलाडी जन्माउने देखि पछिल्लो पटक महिला फुटबल टिमको प्रशिक्षक समेत रहेका दिलिपले उनलाई सहयोग गर्ने बचन दिए । तर उनले बचन दिएपनि सहयोग गर्नका लागि त्यति सजिलो भने थिएन । तर निकै लामो प्रयासपछि दिलिपले वालिङ नगरपालिकाबाट एउटा स्विकृती हात पारे ।

त्यो थियो, फुटबल मैदानको छेवैमा रहेको सार्वजनिक शौचालयको माथि शान्ता आफैले कोठा थपेर बस्न पाउने । अरु खेलाडीहरु बगरका मैदानमा फुटबल खेलिरहँदा शान्ता भने त्यसैको छेवैमा रहेको सार्वजनिक शौचालयको माथि आफ्नो बासस्थान बनाउनका लागि ब्यस्त हुन्छिन । आफ्नै सहारामा बाँचिरहेको परिवारलाई केहि सहज होस भनेर उनले आफैले सिमेन्टको ब्लक बनाउनेदेखि गारो लगाउने कामपनि गर्छिन । सो बासस्थान बनाउनका लागि उनले अन्तिम विकल्प कतैबाट रिण खोजेर बनाउने ठानेकी छिन । तर त्योपनि टुंगो छैन । 

तर यसमा पनि अर्को समस्था रहेको छ, नियमित आम्दानी छैन, त्यसमा पनि रिण लिएर भविष्यमा कसरी तिर्ने भन्ने । बस्ने स्थान बन्दा कति खर्च लाग्ने भन्नेपनि उनलाई एकिन छैन । बाल्यकाल देखि दुःखमा नै हुर्किएकी शान्ताले अझैपनि आँट भने गुमाएकी छैनन् । 

शान्ता भन्छिन, फुटबल खेलेर केहि पाउछु की भन्ने आशा थियो, अहिलेसम्म पाउन सकिन, सहयोग भन्ने पनि खाँसै भएको छैन, फुटबल खेल्दा घरको चिन्ता हुने, अरुले खेलेको देख्दा आफ्नो मन पोल्ने । 

वालिङका बगरको मैदानमा अरुले खेलेको छेवैमा बसेर हेर्दा उनको मलिन अनुहारमा पिडा निकै झल्किन्थ्यो, सायद मनमा लाग्थ्यो होला, आफ्नो परिवारपनि केहि राम्रो भएको भए, यसरी नै नियमित फुटबल खेल्थे भनेर । 

शान्ता र उनको परिवारको पिडामा मलम लगाउने सहयोगी हातहरु अगाडी आएको खण्डमा सायद उनको यो दुःख केहि कम हुने थियो की ।

हेराै तिनै शान्ता नेपालीकाे संघर्ष र दुःखकाे कथा

भर्खरै

Advertisement