Mega Bank
Prabhu Bank

टोकियो ओलम्पिकः महिला फुटबलमा ब्राजिल, स्विडेन र बेलायतको सहज जित

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 264 पटक हेरिएको

हाइलाइट्स


  • ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबारबाट सुरु भएपनि धेरै देशले सहभागिता जनाउने खेलहरुलाई केहि दिन अगाडीबाट खेलाइने गरिन्छ ।

कोरोनाको प्रभाव कायमै हुँदा चौतर्फि विरोधका विच टोकियो ओलम्पिकका दुई खेलका खेलहरु आजबाट सुरु भएका छन । जसमा महिला फुटबल र सफ्टबल रहेका छन । 

ओलम्पिकको औपचारिक उद्घाटन शुक्रबारबाट सुरु भएपनि धेरै देशले सहभागिता जनाउने खेलहरुलाई केहि दिन अगाडीबाट खेलाइने गरिन्छ ।

यहि कारणले महिला फुटबल र सफ्टबल आजबाट सुरु भएका छन । जसमा महिला फुटबलको पहिलो चरणमा स्विडेनले अमेरीकालाई तीन शुन्यले हराएको छ । यस्तै अर्को खेलमा ब्राजिलले चीनलाई पाँच शुन्यले हराउँदा  बेलायतले चिलीलाई दुई शुन्यले पराजित गर्यो । 

ओलम्पिकको औपचारिक उद्घाटन सुरु हुन दुई दिन अगाडी सफ्टबलको पनि प्रतिस्पर्धा सुरु भएको हो । 

विना दर्शक आयोजना भएको सफ्टबलमा जापानले अष्ट्रेलियालाई आठ एकको फराकिलो अन्तरले हराएको छ । कडा शुरक्षाका विच आयोजना भएको खेलमा दर्शक नभएपछि खेलाडीले खेलेको आवाज बाहिरसम्म आएको थियो । 

सफ्ट बलमा जापान ओलम्पिकमा लगातार दोस्रो स्वर्णको खोजिमा रहेको छ । उसका प्रमुख प्रतिद्धन्द्धीमा अमेरीका रहेको छ । टोकियो ओलम्पिकको उद्घाटन समारोह शुक्रबार हुनेछ । 

भर्खरै

Advertisement