Mega Bank
Prabhu Bank

जापानमा भागेका युगान्डाका खेलाडी चार दिनपछि भेटिए

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 384 पटक हेरिएको

हाइलाइट्स


  • ओसाका प्रान्तको इजुमिसानो सहरका अधिकारीका अनुसार युगान्डामा उनको परिवारलाई पठाउन अनुरोध गरिएको एउटा चिठी उनी बसेको होटल कोठामा भेटिएको थियो ।

जापानको ओलम्पिक प्रशिक्षण क्याम्पबाट गायब भएका युगान्डाका भारोत्तोलन खेलाडी जुलियस सेकिटोलेलाइ चार दिनपछि पुलिसले फेला पारेकाे छ ।  प्रहरीले समातेपछि उनले कामको खोजीमा आफू क्याम्प छाडेर हिँडेको बताएका छन् ।

क्याम्प छाडेर भागेपछि कोभिड-१९ को जोखिमका कारण ओलम्पिकमा ठूलो चासोको विषय बनेको थियो । कोभिड–१९ परीक्षणका लागि उनी शुक्रबार उपलब्ध भएका थिएनन् । त्यसपछि उनी बस्ने हाेटेलमा खाेज्दापनि नभेटेपछि भागेकाे भन्न पुष्टि भएकाे थियाे । यस्तैमा  उनले पेपरमा नाेट लेखेर जापानमा काम गर्न चाहेकाे भनेर लेखेका थिए ।

कोटा प्रणालीका कारण २० वर्षे खेलाडीले टोकियो ओलम्पिकमा खेल्न नपाउने तथ्य हालैमात्र खुलेको थियो । ओसाका प्रान्तको इजुमिसानो सहरका अधिकारीका अनुसार युगान्डामा उनको परिवारलाई पठाउन अनुरोध गरिएको एउटा चिठी उनी बसेको होटल कोठामा भेटिएको थियो ।

सेकिटोलेको मध्य जापानको नागोया, त्यसको नजिकको प्रान्त गिफु हुँदै दक्षिण माई पुगेको प्रहरीले जनाएको छ । उनी आफूसँग सम्बन्ध रहेका एक व्यक्तिको घरमा भेटिएका हुन । 

गत महिना युगान्डाको प्रतिनिधिमण्डल जापान आइपुगेपछि एक प्रशिक्षकमा कोभिड-१९ संक्रमण रहेको पाइएको थियो । पछि टोलीका अर्का सदस्य पनि संक्रमित हुन पुगे । युगान्डाका विदेश मन्त्रालयका ओकेलो ओरिइमले युगान्डाका ओलम्पिक प्रतिनिधिमण्डललाई सेकिटोलेको भेट्टाइएको बारे जानकारी गराइसकेको बताए ।

भर्खरै

Advertisement