Mega Bank

एनआरटीद्वारा एकेडेमी सुरु गर्न ल्याब स्कुलसँग सम्झौता

Kelme Nepal
  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 680 पटक हेरिएको

सहिद स्मारक ए डिभिजन क्लव न्यूरोड टिम एनआरटीले आफ्नो एकेडेमी सुरु गर्ने भएको छ । जसका लागि एनआरटीले कीर्तिपुरको ल्याब्रोटरी स्कुलसँग सम्झौता गरेको छ । 

एन्फाले पछिल्लो पटक सबै ए डिभिजन क्लवलाई एकेडेमी सुरु गर्नुपर्छ भन्ने योजनाका साथ एनआरटीलेपनि ल्याब स्कुलसँग सम्झौता गरेको हो ।

एएफसी क्लव लाइसेन्सको मुख्य मापदण्डमा पर्ने यो विधाका लागि अहिलेसम्म तीन विभागिए टिमले काम अगाडी  बढाइसकेका छन । 

एनआरटीले नयाँ शैक्षिक सत्र सुरु भएपछि एकेडेमीलाई सुरु गर्नेछ । जसमा २१ खेलाडी राखिनेछन ।

सात जना एन्फाको पुर्ण छात्रबृतीमा हुनेछन भने सात जना आधा छात्रबृती र सात जना शुल्क तिरेर राखिनेछ । 

उनीहरुको बढाई र प्रशिक्षण ल्याब स्कुलमा हुनेछ । एन्फाले विस्तारै सबै क्लवलाई एकेडेमी सुरु गराउन पहल गरिरहेको छ ।

यस्तैमा संकटा, मनाङ, मच्छिन्द्र लगायत क्लवले पनि एकेडेमीको अवधारणालाई सुरु गर्ने तयारी गरेका छन । ए डिभिजन लिगहरुमा एकेडेमी सुरु गर्ने पाँच क्लव पुगेका छन । यसअघि तीन विभागिएसहित सातदोबाटो युथ क्लवले पनि एकेडेमी सुरु गर्ने भनेर लिटिल एञ्जल्ससँग सम्झौता गरेको थियो । 

भर्खरै

Advertisement