आइसीसीको टी-२० बरियतामा कुशल झर्दा पारस र ज्ञानेन्द्रको सुधार

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 1329 पटक हेरिएको

हाइलाइट्स


  • आइसीसीको नयाँ बरियतामा कुशल भुर्तेलको बरियता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको करियता बढेको छ । 

आइसीसीले सार्वजनिक गरेको नयाँ बरियतामा नेपालबाट चार खेलाडी परेका छन ।

आइसीसीको नयाँ बरियतामा कुशल भुर्तेलको बरियता खस्किएको छ भने कप्तान ज्ञानेन्द्र मल्लको करियता बढेको छ । 

युवा खेलाडी कुशलको नयाँ बरियता ६१ पुगेको छ । उनी दुई स्थान तल झरेर ५९ बाट ६१ मा पुगेका हुन ।

अझैपनि कुशल बंगलादेशका अलराउण्डर शकिव अल हसन भन्दा एक स्थान माथि रहेका छन । 

यस्तै नयाँ बरियतामा पूर्व कप्तान पारस खड्काको बरियता एक स्थान सुधार भएको छ । जसमा ९२ औं स्थानबाट ९१ औं स्थानमा पुगेका छन । 

यस्तै कप्तान ज्ञानेन्द्र मल्लले पनि एक स्थान सुधार गरेर ९५ औं स्थानमा पुगेका छन । 

बलिङमा लेग स्पिनर सन्दिप लामिछाने ७९ औं स्थानमा छन । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey