त्रिकोणात्मक सिरिजका लागि नेपालले अगष्टको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 2144 पटक हेरिएको

हाइलाइट्स


  • क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेप्लेजसँगको कुराकानीमा अहिलेसम्मको तालिका अनुसार ओमानमा त्रिकोणात्मक सिरिज हुने पक्का भएको र यसका लागि नेपाली टिमले अगष्टको एकबाट नै प्रशिक्षण सुरु गर्ने भन्ने लक्ष्य रहेको बताए । उनले अहिलेपनि केहि खेलाडी आफ्नो तरिकाले प्रशिक्षण गरिरहेपछि औपचारिक रुपमा अगष्ट एक तारिखबाट क्याम्प सुरु गर्ने योजना रहेको बताए । 

कोरोना भाइरसका कारण नेपालले खेल्ने आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ का चार वटा सिरिज स्थगित भएका छन । यस्तैमा पछिल्लो पटक स्कटल्याण्डमा हुनुपर्ने त्रिकोणात्मक सिरिज स्पेनमा गर्ने भनिएपनि अन्तिम समयमा स्थगित भएको थियो । जसका कारण नेपाली टिमले तयारी सुरु गरेरपनि विचमा रोक्नुपरेको थियो ।

तर अब नेपालले ओमानमा सेप्टेम्बरमा सिरिज खेल्ने योजना बनाएको छ । यसका लागि अमेरीका र ओमानले तयारी सुरु गरिसकेका छन । सेप्टेम्बरको दोस्रो साता हुने संभावना रहेको सो सिरिजको तालिका भने औपचारिक रुपमा आइसकेको छैन । तरपनि अमेरीका र ओमानले प्रतियोगिताका लागि तयारी सुरु गरेकाले यो प्रतियोगिता हुने पक्का जस्तै छ । 

यस्तैमा नेपाली क्रिकेट टिमले पनि अगष्टको सुरुवातबाट बन्द प्रशिक्षण गर्ने बताइएको छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले नेप्लेजसँगको कुराकानीमा अहिलेसम्मको तालिका अनुसार ओमानमा त्रिकोणात्मक सिरिज हुने पक्का भएको र यसका लागि नेपाली टिमले अगष्टको एकबाट नै प्रशिक्षण सुरु गर्ने भन्ने लक्ष्य रहेको बताए । उनले अहिलेपनि केहि खेलाडी आफ्नो तरिकाले प्रशिक्षण गरिरहेपछि औपचारिक रुपमा अगष्ट एक तारिखबाट क्याम्प सुरु गर्ने योजना रहेको बताए । 

यसअघि स्पेनमा हुने भनिएको प्रतियोगिताका लागि क्याम्पमा बोलाएका खेलाडीलाई नै यो सिरिजका लागि बोलाउने तयारी भएको छ । स्पेनमा हुने भनिएको सो सिरिजका लागि नेपाली टिमले भिषाको प्रक्रिया सुरु गरेपनि नामिबिया टिमका खेलाडीमा कोरोना देखिएपछि अन्तिम समयमा स्थगित भएको थियो । 

यसपटक ओमानमा सिरिजका लागि नेपाली टिमले तयारी गर्नु अगाडी मुख्य प्रशिक्षक डेभ ह्वाटमोरपनि नेपाल फर्किनेछन । स्पेनको सिरिज स्थगित भएपछि उनी दोस्रो पटक श्रीलंका फर्किएका थिए । 

कोभिडका कारण पछिल्लो डेढ बर्ष भन्दा बढि समयमा कुनैपनि लिग २ का सिरिज हुन सकेका छैनन् । सन् २०२३ मा भारतमा हुने एकदिवसिय विश्वकपको छनौटको आधार  रहेको यो प्रतियोगिताको शिर्ष स्थानमा रहने टिमले ग्लोबल छनौट खेल्नुका साथै अर्को संस्करणको सुपर लिगमा प्रमोट हुने मौका पाउने । यस्तै दोसो र तेस्रो हुने टिमले विश्वकप छनोट खेल्नेछन । 

नेपालले अहिलेसम्म मात्र चार खेल खेलेको छ । जसमा दुई जित र दुई हार ब्यहोरेको छ । 

भर्खरै

Advertisement

nepalipatro

Bike price in Nepal

Price of Electric car in Nepal

Best Electric car in Nnepal