पाेग्वालाई सस्तैमा भएपनि बिक्रि गर्ने याेजनामा युनाइटेड

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०४-०६
  • |
  • 1084 पटक हेरिएको

हाइलाइट्स


  • युनाइटेडलाई आगामी ६ सातामा पोग्वालाई विक्रि गर्नुपर्ने दबाव रहेको छ । तर पोग्वाको एक बर्ष युनाइटेडसँग बाँकी रहेका बेला साताको दुई लाख ९० हजार पाउण्ड तलव छोडेर अर्कोमा अहिले नजाने मुडमा पुगेको बताइएको छ । 

पउल पोग्वालाई लिएर यतिबेला म्यानचेस्टर युनाइटेड निकै दबावमा रहेको छ । पोग्वाको युनाइटेडसँगको सम्झौता अर्को बर्ष सकिँदैछ । त्यसपछि उनी फ्रि एजेन्ट मार्फत अर्को क्लवमा जान पाउनेछन । तर युनाइटेड उनलाई फ्रि एजेन्टमा जानु अगाडी नै विक्रि गर्ने योजनामा छन । 

पोग्वाका एजेन्ट मिनो राइलोले पीएसजीसँग पोग्वाका बारेमा कुरा गरिरहेका छन । युनाइटेडमा सन् २०१६ मा अनुबन्ध हुँदा पाएको ८९ मिलियन पाउण्ड रकमको आधामा उनले पीएसजीसँग कुरा गरिरहेको बताइएको छ । 

यता युनाइटेडलाई आगामी ६ सातामा पोग्वालाई विक्रि गर्नुपर्ने दबाव रहेको छ । तर पोग्वाको एक बर्ष युनाइटेडसँग बाँकी रहेका बेला साताको दुई लाख ९० हजार पाउण्ड तलव छोडेर अर्कोमा अहिले नजाने मुडमा पुगेको बताइएको छ । 

यदि पोग्वाले यो सिजनमा अर्को क्लवमा नजाने हो भने उनले अर्को सिजनमा फ्रि एजेन्टमा जाने चाहना राखेका छन ।

पोग्वालाई युभेन्टसले सन् २०१२ मा अनुबन्ध गर्दा मात्र आठ लाख पाउण्ड तिरेको थियो । तर विक्रि गर्दा कीर्तिमानी रकम लिएको थियो । तर त्यसका चार बर्षपनि पोग्वा फेरी युभेन्टस फर्किने चाहना राखेका थिए । 

अहिले युनाइटेडले अगष्टको विन्डोमा विक्रि गरेर केहि रकम हात पार्ने की अर्को सिजनमा फ्रि एजेन्ट मार्फत पठाएर खालि हात बस्ने भन्ने निर्णय गर्नुपर्नेछ । 

भर्खरै

Advertisement

nepalipatro
Nepal Cricket Jersey